Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

२४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण थपियाे

प्रतिक्षा खबर
२०७७ आश्विन ८, बिहीबार १७:४६

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९, चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२, धनुषा र बैतडीमा १०/१०, गोरखा र दाङमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर