Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश मन्त्रीको चेतावनी

प्रतिक्षा खबर
२०७७ भाद्र १३, शनिबार १४:२५

सुरेश यादव                                                 जनकपुर । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संघीय सरकारले प्रदेश सरकारलाई नियोजित रुपमा अशक्त बनाएर जनताको बीचमा बदनाम गराउने षडयन्त्रमा लागेको आरोप मन्त्री साहको छ । प्रत्येक चार महिनाको अन्तरालमा मन्त्रालयका सचिव फेरेर प्रदेश सरकारलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न संघीय सरकार अवरोधकको भूमिकामा प्रस्तुत भइरहेको गुनासो गर्दै मन्त्री साहले भने, “यो रबैयामा सुधार ल्याउन संघीय सरकारलाई मेरो चेतावनी छ । अहिले पनि नसुध्रिए आन्दोलनमा जानुको विकल्प छैन ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा साढे दुई वर्षमा आधा दर्जन सचिव सरुवा गरेको मन्त्री साहको भनाई छ । एक जना सचिव आउँदा मन्त्रालयको वस्तुस्थिति बुझ्नै चार महिना लाग्छ” मन्त्री साहले भने, “ती सचिवले कुरा बुझेर काममा लाग्नेबित्तिकै सरुवा गरेर अर्को सचिव पठाइदिन्छ । एउटा भयो, अर्को भयो । हुँदा हुँदा साढे दुई वर्ष बितिसक्दासम्म पनि त्यहीँ रबैया दोहोरयाउँदै छ ।
भदौ ९ गते उक्त मन्त्रालयको सचिवको रुपमा सहसचिव सम्झना काफ्लेलाई पठाउने निर्णय भएको छ । यस अघि मन्त्रालयका सचिवको रुपमा रहेका डा.विमल निर्मललाई सरुवा गरेर अन्यत्र पठाइएको छ । छ महिना नपुग्दै एक जना सचिवलाई सरुवा गरी अर्को कायम गर्ने संघीय सरकारको प्रवृति विरुद्ध आक्रोसित मन्त्री साहले भने, “नयाँ सचिवलाई त कुनै हालतमा हाजिर हुन दिनेवाला छैन म । जे हुन्छ हुन्छ ।
साह मन्त्री चयन भएर आउँदा मन्त्रालयका सचिव थिए, विजयचन्द्र झा । चार महिना नपुग्दै उनलाई सरुवा गरी डा. वंशीधर शर्मालाई पठाइयो । शर्मा मन्त्रालयमा हाजिर भएको चार महिनापछि उनको पनि सरुवा गरी फेरी झालाई नै पठाइयो । अर्को कार्यकालको लागि आएका झाले चार महिना त काम गरे । फेरी उनको सरुवा भयो र डा. गोविन्द शर्मा सचिव भएर आए । गोविन्द शर्माले पनि छ महिनासम्म काम गर्न पाएनन् । उनको सरुवा भयो र डा. विमल निर्मल पाँचौ सचिवको रुपमा आए । अहिले उनको पनि सरुवा भएर सम्झना काफ्लेलाई पठाइएको छ ।
मन्त्री साह भन्छन्, “एक पछि अर्को हेर्दै अब म पनि आजित भइसकें । यसरी नै चलिरहयो भने मेरो कार्यकाल पनि अन्त्य हुन्छ तर जनतालाई देखाउन एउटै काम पनि गर्न सक्दिन ।जनताको सपना पुरा गर्ने आफ्नै सपना सकार हुन नदिन संघीय सरकारले बेकुप बनाउने काम गरिरहेको गुनासो गर्दै उनले काफ्लेलाई कुनै हालतमा मन्त्रालयमा हाजिर हुन नदिने अडान लिएका छन् । भन्छन्, “जे हुन्छ, हुन्छ । अब त्यसै सहेर बस्दिन । संघीय सरकार विरुद्ध कडै आन्दोलनमा उत्रिनुको विकल्प देख्दिन ।सभार बारहखरी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर