Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

जनकपुर क्षेत्रमा लगाइएको कर्फ्यू आज समाप्त हुँदै

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार ११:३४

प्रतीक्षा खबर
जनकपुरधाम, साउन २५ गते
कोरोना जोखिम न्युनिकरणको लागि जनकपुरमा गरिएको निषेधाज्ञा प्रशासनले फेरि थप्ने सम्भावना बढेको छ ।
कोरोना जोखिम बढेपछि जिल्ला प्रशास कार्यालय धनुषाले गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजे (आजराति) सम्मको लागि जनकपुर क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
जिल्ला प्रशासन कार्यायल धनषाले पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कार्फ्यूको समय सीमा आज राति १२ बजेदेखि समाप्त हुँदै छ ।
तर, जनकपुर क्षेत्रमा कोरोना जोखिम अझै बढि नै रहेकाले प्रशासनले फेरि केहि दिनको लागि निषेधाज्ञा थप्ने सम्भावना बढेको छ । निषेधाज्ञा थप्ने नथप्ने विषयमा आइतबार (आज) जिल्ला सुरक्षा संकट व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रण समिति धनुषाको बैठक बस्न लागेको छ ।
बैठकमा छलफलमा एकसातादेखि गरेको निषेधाज्ञा र त्यसबाट भएको उपब्धिको विषयमा लेखाजोखा गरी मात्र म्याद थप्ने वा नथप्न निर्णय लिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । तर जोखिम बढ्दै गएकाले निषेधाज्ञा थप्न सकिने सम्भावना रहेको समेत उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर