Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपा-लोसपा एकीकरण टुङ्गिदै , महन्थको अभिभावकत्वमा उपेन्द्र अध्यक्ष

प्रतिक्षा खबर
२०८२ पुष २२, मंगलवार १०:५५

जनकपुरधाम, पुस २२ । लामो समयको छलफल पछि जनता समाजवादी पार्टी नेपाल र लोसपा नेपाल बीचको एकता प्रक्रिया टुङ्गिने भएको छ । जेन–जी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा मधेश केन्द्रित दल जसपा नेपाल र लोसपा नेपालबीचको एकीकरण टुङ्गिन लागेको नेताहरुले दावी गरेका छन ।

विगतमा असन्तुष्टिका कारण जसपा नेपालबाट छुट्टिएर गठन भएको लोसपा नेपालबीच पुनः एकीकरण हुन लागेको हो ।

हिजो बसेको शीर्ष नेताहरुको बैठकले पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता नै रहने सहमति गरेको एक नेताले बताएका छन । पार्टीको झण्डा, कार्यकारिणी, अन्य पदाधिकारी र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी एजेण्डा छलफल जारी रहेको छ ।

एकीकरणपछि पार्टीमा एकल अध्यक्ष रहनेछ, जसमा उपेन्द्र यादवको उम्मेदवारी पुष्टि भएको छ। त्यस्तै, पार्टीको अभिभावकत्वको भूमिकामा महन्थ ठाकुर रहने सर्वसम्मत सहमति बनेको छ । तर अन्तिम निर्णय अझै भइ नसकेको जसपा नेपालका महासचिव लालबाबु राउतले जनाएका छन ।

यसअघि लोसपा नेपालसँग समाहित भएका तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र जनता प्रगतिशील पार्टी (जप्रपा)का नेता पनि महन्थ ठाकुरको कोटाबाट जसपा नेपालमा प्रतिनिधित्व पाउने छन्। त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा समाहित रेणु यादव समूह पनि कार्यकारिणीमा समेटिने सम्भावना बढी रहेको छ।

कार्यदलले विभिन्न दल र नेताहरूको व्यवस्थापन र जिम्मेवारी निर्धारण गर्ने काम गर्दैछ। बैठकले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारसमेत टुंगो लगाउने र महन्थ ठाकुरको नाम राष्ट्रिय सभामा अघि सारिएको स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर