Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

जसपा कार्यकारिणी बैठकमा सात एजेन्डामा छलफल हुँदै, कोरोनाका कारण प्रशिक्षण तालिका स्थगित

प्रतिक्षा खबर
२०७७ श्रावण २२, बिहीबार १६:२३

पार्टी एकीकरणपछि पहिलो पटक बसिरहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठकमा बिहीबारदेखि सात वटा एजेन्डामा छलफल सुरु भएको छ ।
लिलितपुरको बालकुमारीस्थित पार्टी कार्यालय नजिकै रहेको एक सभाहलमा बुधबारदेखि चलेको बैठकमा बिहीबारदेखि भने एजेण्डामा छलफल हुने भएकाे हाे ।
बुधबार अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले उक्त एजेन्डाहरु प्रस्तुत गरेका थिए । बिहीबारदेखि ती एजेन्डाहरु माथि छलफल सुरु गरिएको नेता बृषेशचन्द्र लालले जानकारी दिए ।
जपसाको पहिलो बैठकमा पार्टीको समायोजनसम्बन्धी निर्देशिका, आचार एवं व्यवहारसम्बन्धी आचार संहिता, वर्तमान परिस्थती र हाम्रो दायित्व, कार्यकारी समितिको कार्य विभाजन, संगठनात्मक कार्य योजना, समसमायीक प्रस्ताव र विविध शिर्षकमा गरी तय गरिएको एजेण्डामा विस्तृत छलफल हुने उनले जानकारी दिए ।
सबै एजेन्डाहरुमाथि कार्यकारणी समितिका सदस्यहरुले विचार राखेपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको उनले बताए ।
सुरुमा पहिलो बैठक भएकाले चार दिनसम्म प्रशिक्षण चलाउने र त्यसपछिको दुई दिन बैठक गर्ने कार्यतालिका जसपाले सार्वजनिक गरेको थियो ।
तर पछिल्लो समयमा कोरोना संक्रमणका बढन थालेकाले बैठकलाई छोट्याइएको जनाइएको छ ।
अहिले प्रशिक्षण स्थगित गरेर सिधै एजेण्डामाथि छलफल गर्न लागिएको पार्टीले जनाएको छ । सभार नायाँ पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर