Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

पार्टी कार्यालय स्थापना गर्न दातालाई सिके राउतको यस्तो अफर

प्रतिक्षा खबर
२०८१ आश्विन २९, मंगलवार १९:२६

सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफ्नो पार्टी कार्यालय स्थापनाका लागि अक्षयकोष स्थापना घोषणा गरेको एक वर्षभन्दा बढी भएको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालयको २०८० असार ३ र साउन १ गतेको बैठकले पार्टीको स्थायी भवन संरचनाका लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयमा जनमत पार्टीले दाताहरूका लागि विभिन्न अफर समेत ल्याएको थियो ।

जसअनुसार पुरै भवन संरचना निर्माण गरिदिएमा दाताकै नामबाट भवनको नामकरण हुने भनिएको थियो । तीन करोड भन्दामाथि दान दिएमा सम्बन्धित दाताको नामबाट सभा र बैठक कक्षहरू नामकरण हुने, एक करोडमाथि दान दिने दाताको नामबाट कक्षहरू नामकरण हुने, १० लाखमाथि दान दिने दाताको नामअंकित शिला देखिने गरी राखिने समेत जनमतले बताएको थियो । यस्तै एक लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिने अफर जनमत पार्टीले दिएको थियो ।

२०८० साउन ४ गते सो पार्टीका प्रवक्ता डा.शरतसिंह यादवले जारी गरेको विज्ञप्तिमा अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधा सहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ ।

त्यो विज्ञप्तिमा यी दाताहरूका लागि अफरको घोषणा गरिएको कुरा उल्लेख गरिए पनि जग्गा दातालाई आउने चुनावमा समानुपातिक सांसद बनाउन प्राथमिकतामा राख्ने अफरको कुरा उल्लेख गरिएको छैन । तर सांसद बनाउने सो अफर अध्यक्ष राउतले आफ्नो फेसबुकमार्फत घोषणा गरेका थिए ।

अहिले अक्षयकोषको विषय कहाँ पुग्यो भन्ने  प्रश्नमा सो पार्टीका उपाध्यक्ष अब्दुल खानले यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘कति रकम जम्मा भएका छ छ, त्यसबारेमा मलाई अहिले केही जानकारी छैन’, उनले भने । खानले बैठक बसेपछि त्यहाँबाट आफूले जानकारी लिने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर