Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

चार सय महिलालाई लोकसेवाको तयारी गराउदै मधेश सरकार

प्रतिक्षा खबर
२०७९ असार १८, शनिबार २०:३०

जनकपुरधाम, अषाढ १८ । लोक सेवाको परिक्षामा मधेशका महिलाहरुले राम्रो नतिजा ल्याउन नसकिरहेको बेला मधेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तैैयारी गराउन थालेका छन ।
मुख्यमन्त्री बेटी पढाउ,, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित लोकसेवा तैयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरि ४ सय महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाउनु भएको छ ।
मधेश सरकारको महत्वांकाक्षी योजना अनुरुप संचालित लोकसेवा कक्षामा प्रत्येक जिल्लामा २५ जना खरिदार र २५ जना सुब्बाको तैयारी कक्षामा सहभागी भएका छन ।
जेठ १९ गते देखी शुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको रा.ठा.जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्यामावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि विरगंजमा कक्षा संचालन हुँदै आएको छ ।
लोकसेवा तयारी कक्षाले लोकसेवाको परिक्षामा सहभागी हुने विद्यार्थीहरुको मनोबल उच्च पार्नुका साथै परिक्षाको सटिक तयारी गराउने विश्वास लिइएको छ ।
मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा ५० प्रतिशत महिलाहरुकोे लागी गरेको आरक्षणमा योग्य महिलाहरु प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।
यस अघि मधेश सरकारले आव २०७५÷७६मा १०० जना, आव ०७६÷७७मा ३५० जना महिलाहरुलाई लोकसेवाको तैयारी कक्षा गराइ सकेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर