Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

महाेतरीमा १ वर्षमा १७४ दुर्घटना

प्रतिक्षा खबर
२०७७ श्रावण ७, बुधबार १०:१८

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ७ गते ।
महोत्तरीमा १ वर्षमा भएको सवारी दुर्घटनामा ४६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा भएको १ सय ७४ दुर्घटनामा ३१ पुरुष, १० महिला र ५ जना बालबालिकाले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरीका अनुसार गएको असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएक हुन् ।
ट्राफिकको तथ्यांक अनुसार सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन् । त्यसपछि कार जिप, ट्रक ,ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ ।
यसैगरी दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ४ सय २७ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७ सय ८ र ४० वर्षभन्दा माथि उमेरका २ सय १३ जना रहेका छन् ।
दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु सवारी दुर्घटनाको कारण रहेकोे कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर