Advertisement

कपिलवस्तुको विजयनगरमा ७० कुकुरको बन्ध्याकरण गरिएको

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १९:०१

धर्मेन्द्र कुमार कुर्मी (चौधरी) गडुवजोत
जिला कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाकाे आयाेजना र सहयोगी हातहरु भैरहवाकाे प्राविधिक सहयोगमा कुकुर बन्ध्याकरणकाे शिविर सञ्चालन गरिएको पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए । उनले ७० कुकुरकाे बन्ध्याकरण गरिएको बताए । जसमा ३० मेल र ४० फिमेल कुकुरको बन्ध्याकरण गरिएको उनले जनाए ।

विजयनगर गाउँपालिकाले समुदायमा छाडा कुकुरका कारण रेबिज जस्तो विभिन्न राेग लाग्ने, सडक दुर्घटना घट्ने गरेकाे भन्दै त्यसकाे न्यूनीकरणका लागि सामुदायिक कुकुरकाे बन्ध्याकरण गर्न २ दिने शिविर सञ्चालन गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले छाडा कुकुरका कारण उत्पन्न हुने विभिन्न राेग र समस्याहरुलाई नियन्त्रणमा टेवा पुग्ने बताएका छन् । मानव जीवनलाई सुरक्षित बनाउन कुकुरको बन्ध्याकरणकाे शिविर आयाेजना गरिएको उनले बताए ।

सामुदायिक कुकुरको बढ्दो संख्याले राेेग बढ्ने र दुर्घटनाकाे नियन्त्रणमा सहयोग पुग्ने भन्दै कुकुर व्यवस्थापनमा अभियानकै रुपमा लागेकाे अध्यक्ष थापाले बताए ।

यस्तै ७ का वार्ड अध्यक्ष दिनेश कुमार चाैधरीले बालबालिका लगायत सर्वसाधारणलाई कुकुरले टाेकेकाे घटना बढेकाे बताए । उनले प्रत्येक वर्ष छाडा कुकुरले ८-१० ओटा पशु चाैपायालाई टाेकेकाे घटना पशु सेवा शाखामा आउने गरेकाे बताए ।

विजयनगर गाउँपालिकामा खाेप नहुँदा जनताले सास्ती खेप्नु परेको बताउँदै कुकुर र माेटरसाइकलकाे दुर्घटना बढ्दै गएको उनलेे बताए । यस्ता राेग र दुर्घटना न्यूनीकरणकाे साथै फाेहाेर बढी भएकोले सरसफाईमा समेत टेवा पुग्ने उनलेे बताए ।

पशु चिकित्सकले कुकुर बन्ध्याकरणलाई जाेड दिएकाे बताए । उनलेसामुदायिक कुकुरको संख्या कम गर्ने बताउँदै रेबिज राेग सर्नबाट जाेगाउने बताए । उनले रेबिज राेग, जुका, लुटाे र जेनेटिक राेगहरुलाई कम गर्न मदत गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।