Advertisement
ताजा खबर
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण

☰

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव

प्रतिक्षा खबर
२०८३ मंसिर ४, शुक्रबार १५:१९

काठमाडौं । निर्वाचन आयोगले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। निर्वाचनको तयारी, व्यवस्थापन र सम्भावित मितिबारे आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै यस्तो प्रस्ताव प्रस्तुत गरेको हो।
आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन फरक–फरक समयमा गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै प्रस्तावित निर्वाचन तालिकाबारे राजनीतिक दलहरूको धारणा बुझ्न छलफल गरेको जनाएको छ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू सहभागी भएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा पुगेका थिए।
छलफलका क्रममा नेकपाका संयोजक प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको धारणा राखेका छन्। यद्यपि यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययनपछि अन्तिम धारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ।
यसअघि २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो भने मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो। निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल पूरा हुन लागेसँगै आयोगले आगामी निर्वाचनको तयारी र व्यवस्थापनबारे राजनीतिक दलहरूसँग परामर्श थालेको हो।
आयोगले निर्वाचनको सम्भावित मिति, निर्वाचन प्रणाली, व्यवस्थापन तथा आवश्यक कानुनी र प्राविधिक तयारीबारे दलहरूको सुझाव लिने प्रक्रिया अघि बढाएको छ।
आयोगको प्रस्तावमाथि राजनीतिक दलहरूको धारणा र सरकारसँगको आवश्यक परामर्शपछि निर्वाचनको मिति तथा कार्यतालिका टुंगो लाग्नेछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर