Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पार्टी कार्यालय बनाउन प्रभु साहले मागे मीनबहादुरसँग जग्गा

प्रतिक्षा खबर
२०८१ आश्विन २९, मंगलवार १९:३८

सिरहा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।

दसैँ, तिहार तथा छठ पर्वको शुभ सिराहाको गोलबजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

‘अर्बौँको सम्पत्ति भएको, तीनै तहको सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’, व्यङ्ग्यात्मक शैलीमा साहले भने, ‘अर्बौँको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ ।’ आजपाले हाल कोटेश्वरस्थित भाडाको कार्यालयबाट आफ्नो गतिविधि गर्दै आएको छ ।

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री,  मेयर भएको पार्टीलाई गुरुङले दिएको जग्गा दान नभएर खुलमखुला घुस दिएको साहको भनाइ छ ।

आफ्नो पार्टी कार्यालय आफै बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन नसक्ने भन्दै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साह लिन तयार रहेको बताए ।

‘मुलुकको निर्माण कार्य ठप्प छ । तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ । महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ’, साहले प्रश्न गर्दै भने, ‘काठमाडौँको तीनकुने र कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर