महोत्तरी।
महोत्तरी जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई नेता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
महोत्तरीको एकडारा निवासी पूर्वमन्त्री स्वर्गीय रामविलास यादवका छोरा तथा राप्रपाका निवर्तमान सहमहामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य शशि रञ्जन यादव र महोत्तरीको पिपरा गाउँपालिका राप्रपा अध्यक्ष दिपेन्द्र ठाकुर नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो।
उहाँहरूलाई नेकपा (एमाले) मा स्वागत गर्दै पार्टीले नयाँ राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
यस पार्टी प्रवेशलाई महोत्तरी जिल्लाको राजनीतिक गतिविधिमा भएको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ।







