Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ

प्रतिक्षा खबर
२०८३ असार ६, शनिबार १४:३०

सोनमा, महोत्तरी।
असार ६ गतेदेखि सुरु हुन लागेको ‘महोत्तरी जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३’ मा सहभागी हुन जाने ‘सोनमा गाउँपालिका क्रिकेट टिम २०८३’ का खेलाडीहरूलाई आज एक विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ। सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले खेलाडीहरूलाई जितको अग्रिम शुभकामना दिँदै भव्य बिदाइ गर्नुभएको हो।

गाउँपालिकाको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष यादवले खेलाडीहरूलाई टिका र खादा ओढाएर सम्मान गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष यादवले खेलकुदको माध्यमबाट सोनमा गाउँपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा पनि खेल क्षेत्र र युवा सशक्तीकरणका लागि बजेट तथा कार्यक्रममा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“हाम्रो पहिचान, हाम्रो शान, सोनमाको नाम विश्वव्यापी अभियान” भन्ने मूल नारा र “एक लक्ष्य, एक टिम, एक जित – सोनमाको प्रतिष्ठा हाम्रो प्रतिबद्धता” भन्ने संकल्प बोकेको यो टोली असार ६ गते दिउँसो १:०० बजे महोत्तरी-२ स्थित श्री रा. सा. मा. वि. स्कूल क्रिकेट ग्राउण्डमा आफ्नो पहिलो खेलका लागि मैदान उत्रनेछ।

सोनमा गाउँपालिकाको खेल तालिका पुनः स्मरण:
असार ६ गते (दिउँसो १:०० बजे): सोनमा विरुद्ध महोत्तरी डिस्ट्रिक्ट XI
असार ८ गते (दिउँसो १:०० बजे): सोनमा विरुद्ध गौशाला नगरपालिका
असार १० गते (बिहान ९:०० बजे): सोनमा विरुद्ध मनरा शिसवा नगरपालिका

वडा अध्यक्ष तथा मुख्य प्रशिक्षक अशोक कुमार यादव र टिम म्यानेजर घर्मेन्द्र कुमार यादवको नेतृत्वमा रहेको १४ सदस्यीय टोली गाउँपालिका अध्यक्षको हौसलापूर्ण बिदाइपछि उच्च मनोबलका साथ प्रतियोगिताका लागि प्रस्थान गरेको छ। बिदाइ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर