Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जिल्ला हुलाक कार्यालय महोत्तरीद्वारा ‘नागरिकसँग हुलाक सेवा- अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८२ जेष्ठ २९, बिहीबार २१:५६

गोपाल झा
महोत्तरी, जेठ २९
जिल्ला हुलाक कार्यालय महोत्तरी, जलेश्वरको आयोजनामा – नागरिकसँग हुलाक सेवा – विषयक अन्तरक्रिया तथा प्रचार–प्रसार कार्यक्रम आज एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रतितिधी , पत्रकार, स्थानीय नागरिक, नागरिक समाजका प्रतिनिधि तथा हुलाक सेवासँग सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो ।
       कार्यक्रमको अध्यक्षता जिल्ला हुलाक कार्यालयका प्रमुख रामचन्द्र शाहले गर्नुभएको थियो भने प्रमुख अतिथि रहेको एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले हुलाक सेवा सबै नागरिकको आवश्यकता भएकाले यसलाई निरन्तरता दिँदै अझ प्रभावकारी र नागरिकमैत्री बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गाउँ–गाउँमा अझ सहज र पहुँचयुक्त हुलाक सेवा पुर्‍याउनेतर्फ स्थानीय तह समेत गम्भीर हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
        कार्यक्रममा सहभागी विभिन्न हुलाक कार्यालयका कर्मचारी, पत्रवितरक, पत्रकार तथा अन्य प्रतिनिधिहरूले परम्परागत हुलाक सेवा प्रणालीलाई कसरी आधुनिक प्रविधिसँग समायोजन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका थिए । साथै हुलाक वस्तुहरू नागरिकसम्म समयमै, सुरक्षित र प्रभावकारी ढंगले कसरी पुर्‍याउने भन्ने विषयमा पनि सुझाव तथा सिफारिसहरू प्रस्तुत गरियो ।
अन्तरक्रियामा “घर–घरमा हुलाक सेवा“ को अवधारणालाई व्यवहारमा उतार्न रणनीति र योजनाका विषयमा समेत छलफल भयो । सहभागीहरूले नागरिकको विश्वास अभिवृद्धि गर्ने उपायहरू, सेवामा पारदर्शिता र जवाफदेहिता बढाउने विषयमा पनि विचार आदानप्रदान गरे ।
कार्यक्रम अन्तर्गत नगर परिक्रमा गर्दै प्रचार–प्रसार अभियान सञ्चालन गरिएको थियो जसको माध्यमबाट नागरिकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै हुलाक सेवाको महत्त्व र पहुँचबारे जानकारी दिइयो ।
       कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक राकेश प्रसाद चौधरीले जलेश्वरमा स्थापित झण्डै १४७ वर्ष पुरानो हुलाक कार्यालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै, हुलाक सेवाले समयको सन्दर्भमा कस्तो भूमिका निर्वाह गर्दै आएको छ भन्ने विषयमा प्रकाश पार्नुभयो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष अरविन्द झा , बरीष्ट पत्रकार दशरथ भण्डारी, नेपाली काँग्रेसका अशोक साहलगायत अन्य वक्ताहरूले हुलाक सेवाको स्तरोन्नति, डिजिटल प्रविधिको प्रयोग, ग्रामीण क्षेत्रमा सेवा विस्तार र सेवा बहालकर्ताको क्षमता अभिवृद्धि जस्ता विषयमा महत्वपूर्ण सुझावहरू दिएका थिए ।
कार्यक्रमले समग्रमा हुलाक सेवालाई जनतासम्म प्रभावकारी रूपमा पु–याउन आवश्यक नीति, संरचना र समन्वयबारे स्पष्ट दृष्टिकोण बनाउने अवसर प्रदान गरेको सहभागीहरूको धारणा थियो । उनीहरूले यस्तो किसिमको कार्यक्रम समय–समयमा आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर