Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया पक्राउ

प्रतिक्षा खबर
२०८२ चैत्र २२, आईतवार २१:४२

सर्लाहिमा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरी सरकारी कामकाजमा प्रभाव पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।आज मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवामा सेवाग्राहीसँग अवैध रूपमा रकम माग गर्दै गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुयालको कमाण्डमा खटिएको ४ सदस्यीय टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ निवासी २७ वर्षीय जयप्रकाश साह र वडा नं. ८ निवासी २० वर्षीय रबि साह पक्राउ परेका छन् ।
त्यस्तै मालपोत कार्यालयबाट हरिपुर्वा नगरपालिका–६ निवासी ४० वर्षीय प्रमोदकुमार यादव, मलंगवा–१ निवासी ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७ निवासी ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर गाउँपालिका–१ निवासी ४५ वर्षीय रामबिनय राय, कबिलासी नगरपालिका–१ निवासी ३२ वर्षीय रन्जनकुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ निवासी ४० वर्षीय प्रमोद साह र ईश्वरपुर नगरपालिका–५ निवासी ४१ वर्षीय योगेन्द्र महतो नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर