Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया पक्राउ

प्रतिक्षा खबर
२०८२ चैत्र २२, आईतवार २१:४२

सर्लाहिमा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरी सरकारी कामकाजमा प्रभाव पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।आज मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवामा सेवाग्राहीसँग अवैध रूपमा रकम माग गर्दै गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुयालको कमाण्डमा खटिएको ४ सदस्यीय टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ निवासी २७ वर्षीय जयप्रकाश साह र वडा नं. ८ निवासी २० वर्षीय रबि साह पक्राउ परेका छन् ।
त्यस्तै मालपोत कार्यालयबाट हरिपुर्वा नगरपालिका–६ निवासी ४० वर्षीय प्रमोदकुमार यादव, मलंगवा–१ निवासी ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७ निवासी ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर गाउँपालिका–१ निवासी ४५ वर्षीय रामबिनय राय, कबिलासी नगरपालिका–१ निवासी ३२ वर्षीय रन्जनकुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ निवासी ४० वर्षीय प्रमोद साह र ईश्वरपुर नगरपालिका–५ निवासी ४१ वर्षीय योगेन्द्र महतो नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर