Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

प्रतिक्षा खबर
२०८० भाद्र २७, बुधबार २१:२३

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ । साहविरुद्ध जिल्ला अदालत रौतहटमा सन्जिव कुमार यादवले भदौ २५ गते मुद्दा दर्ता गराएका हुन् ।
यादव जनता समाजवादी पार्टी, नेपालका जिल्ला नेता हुन् । उनी जसपा रौतहट जिल्ला कार्यकारिणी समितिको सदस्य हुन् ।
साउन ६ गते पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा भाग लिई फर्किने क्रममा आफूमाथि गरुडास्थित चिनी मिलको पश्चिमतर्फको बाटोमा हातपात गरेको उनले फिराद पत्रमा उल्लेख गरेका छन् । आफूलाई नियन्त्रणमा लिएर हातपात गर्दै लगाएको लुगासमेत च्याती गाली बेइज्जती गरेको उनको दाबी छ ।
उनले साहको निर्देशनमा उनका कार्यकर्ताले आफूमाथि हातपातगरी राजनीतिक चरित्र हत्या गरेको दाबी गरेका छन् ।
उनले साहसहितका प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सजाय एवं जरिवानासमेत गराउन माग गरेका छन् । उनले साहसहित अन्य केहीलाई समेत प्रतिवादी बनाएका छन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ को उपदफा (१) मा कसैले कसैलाई गाली गर्न नहुने उल्लेख छ । उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर