• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप


रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप

Oplus_16908288

 । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि सारेर आक्रामक चुनावी प्रचारप्रसार गरिरहेको छ । २०७९ सालको निर्वाचनमा पार्टी निर्माणकै क्रममा रहेका बेला ११ लाख ३० हजार समानुपातिक मत सहित २१ सिट ल्याएको रास्वपाले फागुन २१ को चुनावमा १५१ सिट जित्ने लक्ष्यका साथ चुनावी प्रचारप्रसारमा जुटेको छ । आफूलाई वैकल्पिक राजनीतिक दल दाबी गर्ने रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको क्रममा जननिर्वाचित सरकार ढलेपछि चुनावी प्रक्रियाबाट एकल बहुमत ल्याउने रणनीतिका साथ रास्वपाले ‘मुभ’ गरेको देखिन्छ । जेनजी विद्रोहका क्रममा तत्कालीन ओली सरकारले २३ जनाको हत्या गरेको तथा देशभर राज्यका सम्पत्ति जोगाउन नसकेका कारण कांग्रेस र एमाले बद्नाम भएको अवस्थामा आफ्नो पक्षमा चुनावी माहोल बनाउन बालेन यतिबेला देश दौडाहामा छन् । पूर्व-पश्चिममा चुनावी प्रचारप्रसार सकेर उनी अहिले मधेस प्रदेशका विभिन्न जिल्लाको यात्रामा छन् । सभापति रवि लामिछानेमाथि विभिन्न सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेका कारण प्रधानमन्त्री बन्न कानुनी अड्चन आउने देखेर रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेको देखिन्छ । पुस १३ गते बालेन समूहसँग रास्वपाले ७ बुँदे सहमति गरेको थियो ।

र्‍यापर र इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका बालेनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर अत्याधिक मत ल्याएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । त्यसअघि खासै चर्चामा नआएका उनले नेपाली कांग्रेस र नेकपा एमालेको कोर क्षेत्रमा २३ हजार ४२६ फराकिलो मतान्तरले विजयी भए । त्यतिबेला ३२ वर्षका बालेनले कांग्रेसकी सिर्जना श्रेष्ठ र एमालेका केशव स्थापित जस्ता हस्ती मानिने उम्मेदवारलाई पराजित गरेपछि उनको सर्वत्र चर्चा चुलियो ।

मेयर जितेपछि सार्वजनिक बहसमा नदेखिएका उनी सामाजिक सञ्जालमार्फत् संघीय सरकारका गतिविधिबारे टिप्पणी गर्न थाले । परम्परागत राजनीतिक दलका नेता तथा तिनैका नेतृत्वमा बनेको सरकारप्रति बढ्दै गएको आाम निराशालाई हतियार बनाएर आफ्नो लोकप्रियताको ग्राफ थप बढाए । तीन वर्षमा उनी युवामाझ यति लोकप्रिय भए कि बालेन बाहेक अरु केही होइन जस्ता भाष्य निर्माण गरिदिए ।

काठमाडौँमा नेवार समुदायको कोर बस्तीमा बालेनको उदयसँगै हौसिएका रविले परम्परागत दलहरूलाई टक्कर दिन आफ्नै नेतृत्वमा पार्टी खोलेका थिए । कुनै राजनीतिक पृष्ठभूमि नभएका रविले छोटो समयमै संसद्मा रास्वपालाई चौथो शक्तिका रुपमा उभ्याउन सफल देखिए । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । दोहोरो नागरिकता प्रकरणमा त्रुटि भएको सर्वोच्च अदालतबाट ठहर भएपछि मन्त्री भएको ४२ दिनमै सबै पद गुमाए । २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा भन्दा अझै बढी मत ल्याएर विजयी भए ।

आफूमाथि राज्यले प्रतिशोध र पूर्वाग्रह व्यवहार गरी दुःख दिएको आरोप लगाएका उनले निर्वाचनबाट बहुमत ल्याउन एजेन्डा नभई लोकप्रियतावादलाई पछ्याएको देखिन्छ । समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा उठाएका अधिकांश उम्मेदवार लोकप्रिय अनुहार छन् । जेनजी आन्दोलनलाई अपनत्व लिँदै विभिन्न युवा समूह, वैकल्पिक राजनीतिका सूत्रधार मानिएको विवेकशील साझा पार्टीलाई समाहित गरेको छ । कुशल प्रशासकका रुपमा चिनिएका पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ समूहसँग सातबुँदे सहमति गरी पार्टीमा भित्र्याएको थियो । तर पदीय भागबण्डा नमिल्दा घिसिङलाई जोड्ने योजना असफल भयो ।

राजनीतिमा लोकप्रियतावाद किन हुँदैछ हाबी ? 

२००७, २०४६ र २०६२/६३ का ठुला-ठुला राजनीतिक क्रान्तिबाट खारिएर आएका कांग्रेस, एमाले, नेकपा लगायत दलहरूलाई चुनौती दिँदै छोटो समयमै रास्वपा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदय हुनुको प्रमुख कारण के हो ? वर्षौंसम्म जेलनेलको कष्टकर जीवन बिताएर स्थापित भएका नेताहरू किन बदनाम भए ? हजारौंको बलिदानीबाट जन्मेका पार्टीको अस्तित्व संकटमा परेको हो ? रास्वपा लगायत उदयीमान दलहरूलाई पपुलिस्ट पार्टी भन्ने कि नभन्ने ?

नयाँ दलहरूले एजेन्डा, विचार, सिद्धान्तलाई आत्मसात नगरी लोकप्रिय अनुहारलाई प्राथमिकता दिए भन्ने विषयमा राजनीतिक विश्लेषकहरूका आ–आफ्नै तर्क छन् । विश्लेषक केशव दाहाल रास्वपा छोटो समयमै लोकप्रिय हुनुमा दुई/तीनवटा तर्क पेस गर्छन् ।

उनको पहिलो तर्कमा २०६२/०६३ को आन्दोलनपछि विगत एक दशकदेखि अर्थात् संविधान सभाको निर्वाचनसँगसँगै पुराना दलहरूको युग सकियो, पुराना एजेण्डाहरू सकिए भन्ने बहस सुरु भएको देखिन्छ ।

‘पुराना विचारको जुन प्रभावबाट हामी आजसम्म आइपुग्यौँ, अब त्यसको युग सकियो । २०६२/६३ पछिको नेपालका एजेण्डाहरू फेरिए, राजनीतिक लक्ष्य फेरियो, त्यसैले दलहरू पनि बदलिँदो परिस्थिति अनुसार पुनर्गठन हुनुपर्छ । वा पुनर्गठन हुन सकेनन् भने नयाँ राजनीति, वैकल्पिक राजनीति आवश्यक छ भन्ने एउटा जबर्जस्त बाहस सुरु भयो’, दाहाल भन्छन् ।

त्यो बहससँगै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीका रुपमा जनमत बनेको दाहालको विश्लेषण छ । तर नयाँ ती दुईवटा पार्टीले पनि जनअपेक्षालाई सम्बोधन गर्न नसकेको उनको निष्कर्ष छ । दोस्रो परिस्थिति पुराना दलहरूको आफ्नै अकर्मण्यताले गर्दा लोकतन्त्र बिस्तारै–बिस्तारै दलतन्त्र र नेतातन्त्रमा संकुचित हुँदै गएको उनी बताउँछन् ।

‘पुराना दलहरूविरुद्ध जनमत बढ्दै गयो । मान्छे निराश भएर कुनै पनि हालतमा यी पुराना शक्तिहरू हामीलाई काम लाग्दैनन्, यिनीहरूले पछिल्लो पुस्ताको नेतृत्व गर्न सक्दैनन् । अब यिनको पुनर्गठन वा विस्थापन आवश्यक छ भन्ने बहस अर्कोतिर सुरु भयो,’ दाहाल भन्छन् ।

पहिले बनेका वैकल्पिक पार्टीहरूले यी बहसको स्पेसलाई समातेर अगाडि जान सकेको भए नयाँ शक्ति र विवेकशील साझा पार्टी नै अहिले नयाँ राजनीतिक परिदृश्यमा एउटा प्रबल वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउने दाहालको विश्लेषण छ । त्यतिबेला बाह्य परिस्थिति एकदमै राम्रो भएको र त्यसले नयाँ पार्टी, वैकल्पिक राजनीतिको माग गरिरहेको अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्दा रास्वपाको उदय भएको उनी बताउँछन् ।

‘ती आउन नसकेपछि स्वभावतः कुनै दल आउनुपर्ने आवश्यकता भयो । त्यो भ्याकुममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्‍यो,’ दाहाल भन्छन्, ‘उसले पछिल्ला दलहरूमाथि देखिएका निराशालाई सम्बोधन गर्ने प्रयत्न गर्‍यो । बरु अन्य दलभन्दा रास्वपालाई नै एक पटक हेर्नुपर्‍यो भन्ने हिसाबले मतदान मार्फत अनुमोदन गर्‍यो’, उनी भन्छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट ठुलो दलको रुपमा उदाएको नेकपा माओवादीले समेत जनअपेक्षा अनुसार काम गर्न नसक्दा विस्तारै असन्तुष्टि बढ्दै गएको थियो । भ्रष्टाचार, बेथिति, कुशासन, गरिबी, आर्थिक पछ्यौटेपन विरुद्ध २०५२ सालमा सशस्त्र विद्रोह गरेको माओवादीले २०६२ सालमा १२ बुँदे सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको थियो । २०६२/६३ सालको दोस्रो जनआन्दोलनले राजतन्त्र ढाल्यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर गणतन्त्र स्थापना भएको १८ वर्षमा परिवर्तनको बाहक मानिएको माओवादी पनि पुरानै कांग्रेस र एमालेसँग मिलेर सत्ता स्वार्थमा केन्द्रित हुँदा आमनागरिकमा चरम निराशा बढ्दै गएको थियो । अनि जेनजी विद्रोहको रुपमा निराशा विष्फोट भयो ।

राजनीतिकशास्त्री सुचेता प्याकुरेल लोकप्रियताको जगमा रवि र बालेनको उदय भएको बताउँछिन् । एक अनलाइन च्यानलमा अन्तर्वार्ताको क्रममा प्याकुरेलले बालेनको पपुलारिटीलाई रास्वपाले ‘फोल्ड’ गरेको बताइन् ।

‘बालेन एउटा फेनोमेनन जस्तो गरेर आउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई क्यापिटलाइज गरेर आफ्नो फोल्डमा लिएर आयो । तर बालेन फ्याक्टरले रास्वपामा कसरी इम्प्याक्ट गर्छ ? अहिले बालेन एउटा फेनोमेनन लिएर मात्र आउनुभएको छ । अब रास्वपामा उहाँको उपस्थिति कस्तो हुन्छ । त्यो शक्ति कत्रो हुन्छ भनेर हेर्न बाँकी नै छ’, उनले भनेकी थिइन् ।

उनी अगाडि भन्छिन्, ‘अहिले पोलिटिकल ‘कन्ज्युमरिजम’, ‘पपुलिजम’ बढेको अवस्थामा मतदातालाई पनि कन्ज्युमरिजमकै आँखाले हेर्ने इम्प्लिसिट फ्यासन छ । यिनै प्रभावले बालेन पपुलर छन्, भोटरले बालेन चाहन्छन्, त्यसैले रास्वपाले बालेन अनबोर्ड गर्‍यो भन्ने पनि लाग्छ । यो कन्ज्युमरिजमलाई नै फिड गर्दै जाने हो भने टेरेन अफ मेजोरिटी हुन्छ कि के हुन्छ भन्न सकिँदैन ।’

यद्यपि विश्लेषक केशव दाहाल रास्वपा वैकल्पिक पार्टी हो कि होइन भन्न पाँचवटा आधार प्रस्तुत गर्छन् । नयाँ पार्टी बन्दैमा वा उमेर कम हुँदैमा त्यो वैकल्पिक नहुने उनको तर्क छ । ती आधारमा उनले रास्वपा वैकल्पिक पार्टी नभएको उनी जिकिर गर्छन् ।

एउटा, विचारमा नयाँ हुनुपर्‍यो, अनि मात्रै यसले आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ । मानौँ, उदारवादी लोकतन्त्र वा परम्परागत समाजवादको विकल्पमा कुनै पनि पार्टीले नयाँ कुरा गर्‍यो भने विचारको हिसाबले त्यो वैकल्पिक हो भन्न सकिने दाहालको तर्क छ ।

दोस्रो, आजको समयलाई सम्बोधन गर्ने एजेण्डा के हो ? हामी गरिबी छ भन्छौँ, भ्रष्टाचार भयो भन्छौँ, विकास हाम्रो आवश्यकता हो भन्छौँ, स्वाभिमानको कुरा गर्छौँ, समृद्धिको कुरा गर्छौँ । ‘त्यो सबै चीज कसरी प्राप्त हुन्छन् ? वा आज नेपालको संकट के हो ? त्यो संकट समाधान गर्नका लागि समाउनुपर्ने एजेण्डा के हुन् ? पुराना दलहरूले के समाउन सकेनन् ? नयाँले के समाउनुपर्छ भन्ने हिसाबले एजेण्डा भयो भने त्यो वैकल्पिक भयो,’ उनी भन्छन् ।

तेस्रो, वैकल्पिक राजनीतिको अन्तरपार्टी अभ्यासलाई लिनुपर्ने उनी बताउछन् । ‘पुराना पार्टीलाई आलोचना के गरियो भने केही नेता ३० वर्षदेखि अध्यक्ष छन्, पार्टीभित्रको लोकतन्त्र प्रबल छैन, मान्छेले प्रश्न गर्न पाउँदैनन्, कार्यकर्ताहरू रोबोट जस्तै छन्, स्वाभिमानी र सार्वभौम सदस्य बिनाको पार्टी बनेको छ । र वैकल्पिक पार्टीभित्र प्रबल लोकतन्त्र भएन भने त्यो पार्टीले कसरी एउटा नयाँ संस्कार निर्माण गर्छ ?,’ उनी भन्छन्, ‘तर रास्वपालाई हामीले हेर्‍यौँ भने त्यो पार्टीभित्रको लोकतन्त्र पनि उसले प्रबल ढंगले गरेको छैन, पारदर्शी देखिँदैन, उदार देखिँदैन । त्यसैले गर्दा एजेण्डा मात्रै नभएर अब पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियालाई हेर्ने हो भने पनि त्यसले अपेक्षा पूरा गरेको देखिँदैन ।‘

चौथो, नेतृत्व निर्माणको प्रक्रिया । नेताहरू कसरी बने ?

‘मानौँ रवि लामिछाने सभापति कसरी हुनुभयो ? बालेन वरिष्ठ नेता कसरी हुनुभयो भनेर हामीले हेर्‍यौँ भने अनुमोदनको प्रक्रिया कुनै भेट्दैनौँ । कार्यकर्ताहरूले कसरी अनुमोदन गरे ? कहाँबाट सभापति भएर आउनुभयो ? उहाँले भेला गर्नुभयो ? सदस्यहरू त्यो पार्टीको निर्णय प्रक्रियामा कहाँनेर छन्न् ? त्यो पार्टीको सभापति, महामन्त्री, वरिष्ठ नेता बनाउने कहाँनेरी संलग्न छन् भनेर हेर्ने हो भने कतै पनि देखिँदैन,’ दाहाल भन्छन्, ‘त्यसैले त्यो मानक अथवा प्यारामिटरबाट हेर्‍यौँ भने त्यो वैकल्पिक होइन ।‘

पाँचौँ, राजनीतिक संस्कृतिलाई हेर्नुपर्ने दाहाल बताउँछन् । ‘वैकल्पिक राजनीतिले नेपाली राजनीतिको पछिल्लो कल्चर नेता र जनताको बिचमा देखिएको ठुलो खाडल कसरी तोड्यो ? पुरानै नेतृत्वको शैलीलाई अवलम्बन गरेर आइरहेको छ,’ उनी भन्छन्, ‘त्यसकारण रास्वपा पुरानोभन्दा भिन्न देखिँदैन । त्यसैले यी पाँचवटा मानकबाट हेर्दाखेरि पनि रास्वपा नयाँ होइन ।‘

यसले मान्छेको निराशामाथि भावनात्मक उत्तेजना फैलाएको, वेभ सिर्जना गरेको तर वैकल्पिक राजनीतिको गम्भीर विमर्श गर्न नसकेको उनी बताउँछन् । ‘त्यो विमर्शलाई समाउन सकेको छैन । त्यसैले मलाई रास्वपा वैकल्पिक पार्टी होइन भन्ने लाग्छ,’ उनी भन्छन् ।

कुनै एजेन्डा नभएकाले रास्वपाका कारण अन्ततोगत्वा देश फेरि दुर्घटनामा जान सक्ने दाहालको जिकिर छ ।

‘जङ्क फुड भनेको जस्तै यसले ठुलो दुर्घटना ल्याउने देखिन्छ,’ उनी भन्छन्, ‘यदि हाम्रो राजनीति एजेण्डाबाट यसरी नै विमुख भएर बस्ने हो, अनुहारतिर मात्रै हामी फोकस भएर जाने हो, निर्वाचनदेखि निर्वाचनसम्म मात्रै हाम्रो पुग्ने लक्ष्य हुने हो भने यसले हाम्रा संकट समाधान गर्दैन ।सभार राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
अन्तर्राष्ट्रिय

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश

२८ माघ २०८२, मंगलवार
रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप
अन्तर्राष्ट्रिय

रास्पाकाे बरिस्ठ नेता बालेनले वीर गजेन्द्र बाबूको अपमान गरेकाेप्रति पूर्वमुख्यमन्त्रीकाे आपति

२८ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

सिरहा कारगारको अवस्था सामान्य, प्रहरी अनुसन्धान जारी राख्ने

२८ माघ २०८२, मंगलवार
पुर्ख्यौली घर पुगे बालेन्द्र , महोत्तरीबाट चुनावी यात्रालाई थप गति
अन्तर्राष्ट्रिय

पुर्ख्यौली घर पुगे बालेन्द्र , महोत्तरीबाट चुनावी यात्रालाई थप गति

२८ माघ २०८२, मंगलवार
Next Post
रास्वपाको उदय कुनै वैचारिक, सैद्धान्तिक धरातलमा नभई लोकप्रियतावादमा भएको राजनीतिकवृत्तमा आरोप

रास्पाकाे बरिस्ठ नेता बालेनले वीर गजेन्द्र बाबूको अपमान गरेकाेप्रति पूर्वमुख्यमन्त्रीकाे आपति

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh