Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

विश्रामपुरमा जारी फुटलबल प्रतियोगिताका दोस्रो सेमिफाइनलमा पुग्यो विश्रामपुर ‘ए’ टिम, बटेश्वर २–३ गोलले ले पराजित

प्रतिक्षा खबर
२०७८ आश्विन १९, मंगलवार २०:२७

विनोद महतो
महेन्द्रनगर, असोज १९ ।

विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा जारी मैत्रीपूर्ण फुटलबल प्रतियोगिता अन्तर्गत चौथौ दिनको खेलमा आयोजक विश्रामपुर ‘ए’ टिम र बटेश्वर टिमबीच प्रतिस्पर्धा भएको छ । निकै रोचक र घमासाना भएको सो खेलमा विश्रामपुर ‘ए’ टिमले बटेश्वर टिम २–३ गोलले पराजित गर्दै दोस्रो सेमिफाइनलमा पुगेको छ ।
खेलमा निर्धारित समयभित्र बटेश्वरले २ गोल गरेको थियो भने आयोजक समेत रहेको विश्रामपुर ‘ए’ टिमले ३ गोल गरेको थियो । बटेश्वर टिमका लागि जर्सी नं. ७ का खेलाडी राजेश तमाङ्ग र जर्सी नं. ९ का खेलाडी विमल तमाङ्गले एक/एक गोल गरेका थिए । यस्तै प्रतियोगिताको आयोजक विश्रामपुर ‘ए’ टिमका लागि जर्सी नं. ८ का खेलाडी विक्की मगरले १ गोल र जर्सी नं. ७ का खेलाडी विकास भुजेलले २ गोल गरेका छन् ।
यस अघिको सोमबार भएको खेलमा मरधरको मगर टोल टिमलाई पराजित गर्दै आयोजक विश्रामपुर ‘बी’ टिम पनि पहिलो सेमिफाइनलमा पुगि सकेको छ । मंगलबारको खेलमा योगेन्द्र यादवले एम्पायर तथा राजेश भुजेल र संगम भुजेलले लाइन्सम्यानको रुपमा खेलाएका छन् ।
यता अब असोज २० गते हुने पहिलो सेमिफाइनल खेलमा विश्रामपुर ‘बी’ टिम मधुवासा टिमसँग प्रतिस्पर्धा गर्नेछ । असोज २१ गते हुने दोस्रो सेमिफाइनल खेलमा धारापानी स्कुल टोल र आयोजक विश्रामपुर ‘ए’ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका फाइनल खेल असोज २३ गते हुनेछ । सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक विश्रामपुर युथ क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर