Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

प्रतिक्षा खबर
२०८२ माघ ३, शनिबार १९:१८

काठमाडौँ । फागुन २१ गते हुने चुनावका लागि टिकट वितरण तथा सिट बाँडफाँटका लागि मधेस केन्द्रित दलहरूको सङ्घीय लोकतान्त्रिक मोर्चा दबाबमा परेको छ । मोर्चामा कुन दलले कति सिट पाउने र कहाँ कहाँ पाउने टुङ्गो नलागे पछि मोर्चा दबाबमा परेको हो ।

चुनावमा सिट बाँडफाँट गर्ने सहमति यसअघि नै भए पनि हालसम्म मोर्चामा सहमति बन्न सकेको छैन । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् ।

यी दलका बिचमा चुनावमा तालमेल हुने सहमति भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीका नेताका अनुसार जसपा नेपालका कारण सिट बाँडफाँटमा ढिलाइ भइरहेको छ । हालै जसपा नेपाल, लोसपा नेपाल, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपाबिच एकता भएको छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहताले मोर्चामा हालसम्म कुनै सहमति नबनेको बताए । उनले चुनाव केन्द्रित दुई वटा बैठक बसिसके पनि त्यसमा कुनै सहमति नभएको बताए । ‘खासगरी अरू दलहरूले आ–आफ्नो तयारी गरिसकेका छन् । जसपा नेपालबाट नै ढिलाइ भइरहेको छ । जसपा नेपालले भर्खर एकता सम्पन्न गरेको छ । सो पार्टीले सिट मिलाएर मात्र मोर्चासँग कुरा गर्ने भनेका कारण ढिलाइ भइरहेको जस्तो लागेको छ’ उनले भने ।

जसपा नेपालका नेता रामकुमार शर्माले भने मोर्चाका शीर्ष नेताहरू आन्तरिक छलफलमा रहेकाले चाँडै सहमति हुने बताए । उनले भने, ‘मोर्चामा रहेका दलका अध्यक्षहरू छलफलमा हुनुहुन्छ, भोलि पर्सिसम्म सिटको टुङ्गो लाग्छ ।

अर्को एक स्रोतले भने सिट बाँडफाँटबारे तीन वटा मोडालिटीमा कुराकानी भइरहेको बताएको छ । श्रोतले भन्यो, ‘तीन वटा मोडालिटीमा कुरा भइरहेको छ । पहिलो, मोर्चामा रहेका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव जिताउने । दोस्रो, चुनाव जित्ने हरेक नेताहरूलाई जिताउन पहल गर्ने र तेस्रो, जहाँ कुरा मिल्दैन त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने ।’

हरेक क्षेत्रमा हरेक सिटमा तालमेल हुने सम्भावना पनि निकै कम भएको आकलन मोर्चाले गरेको छ । ‘जहाँ जहाँ तालमेल हुन्छ त्यहाँ तालमेल गर्ने, जित्नेलाई सहयोग गर्ने, तालमेल नहुने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा नै सहमति गरेर जाने सम्भावना बढी छ’ स्रोतको भनाइ छ ।

जनमत पार्टीका उपाध्यक्ष ई.नरेन्द्रप्रसाद चौधरीले मोर्चामा सहमतिका लागि प्रयास भइरहेको र चाँडै परिणाम आउने बताए । उनले भने, ‘समय नजिक आएको कारण दलहरूमा प्रेसर बढेको छ तर शीर्ष नेताहरू त्यसका लागि आन्तरिक रूपमा छलफलमा हुनुहुन्छ । विश्वास गरौँ चाँडै केही निष्कर्ष आउँछ ।’

प्रतिनिधिसभा चुनावका लागि माघ ६ गते उम्मेदवारी दिने निर्वाचन तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर