Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

राहत वितरण नहुदा दर्जनाै विपन्न परिवारहरु घर चलाउन समस्यामा

प्रतिक्षा खबर
२०७६ चैत्र ३०, आईतवार २१:३१

नागेन्द्र कुमार यादव

साेनमा, चैत ३० गते ।
लकडाउनकाे २० अाै दिन बितेपनि राहत वितरण नगरेपछि अति विपन्न वर्गका परिवारहरु निराश भएका छन। सर्लाहीको हरिपुरवा नगरपालिकाका गरिब तथा अति विपन्न वर्गका परिवारहरु यहिलेसम्म राहत नपाउदा निराश भएका छन ।
हरिपुरवा नगरपालिका वडा नम्बर ५ मा रहेका मुसहर टाेलका ३० वर्षिय राजेन्द्र माझी भन्छन् । मेरो दुईवटा छाेरा, दुईवटा छाेरी र श्रीमती लगायत जम्मा ६ जनाकाे परिवार छ । अहिले लकडाउनकाे अवस्थामा सधैं काम पनि लाग्दैन कुनैदिन मात्र काम गर्न जान्छौं त्यो पैसाले सधैं घर चलाउन एकदम समस्या भइरहेकाे उनी बताउँछन् । त्यतै त्यहि टाेलकी एकल महिला, हिरमतिया माझी भन्छन् घरमा काेही कमाउने मान्छे छैन मेरो छाेरा ३ वटा र छाेरी २ वटा म लगायत ६ जनाको परिवार छन् खानलाई एकदम समस्या छ पहिला त हाेटलमा काम गरेर बच्चाहरुलाई पाल्न पाेषन गर्थें अहिले त एक दम गम्भीर अवस्था छ । हाेटल पनि बन्द छ । कसरी बच्चाहरुलाई बचाउने, काेराेना भाइरस भन्दा पनि अब हामी भाेकै मर्ने अवस्था छ कतैबाट केही राहत पाईन्छ अाश छैन । त्यसै टाेलका मठेरनी देवी माझी भन्छन् मेरो श्रीमान कमाउनलाई भारतकाे पंजाब जानू भएको छ । अहिले लकडाउनले गर्दा अाउन सक्नु भएन मेरो दुईवटा छाेरा र एउटा छाेरी छन अहिले एकदम समस्या छ । अरु खेतहरुमा गएर गेहु बटुलेर ल्याएपछि जसाे तसाे बाचि रहेको छु ।
हरिपुरवा नगरपालिका वडा नम्बर ८ बसतपुर मुसहर टोलका ठगा माझी माझी भन्छन् । मेरो ३ वटा छाेरी, २ वटा छाेरा र हामी २ लगाएर जम्मा ७ जनाको परिवार छन् । कमाउने मान्छे एकलै छु त्याेपनि सधै काम लाग्दैन ।

खानकाे लागि एकदम समस्या छ । हामीले राहत कहिले पाउने हाे थाहै छैन । त्यसै टाेलका समताेलीया माझी भन्छन । मेरो ४ वटा छाेरी, २ वटा छाेरा छन् हामी दुईजना लगाएर जम्मा ८ जनाकाे परिवार छन् कमाउने म एकजना मात्र छु अहिले लकडाउकाे बेला सधैं काम पनि लाग्दैन कहिलेकाहीं मात्र काममा जान्छु त्यहीँ पैसाले जसाेतसाे पेट पालेको छु काेराेनाकाे तरास भन्दा पनि भाेककाे तरास छ ।
हामीलाई राहत बाड्न ढिलो भयाे । अब धेरै समय लाग्दैन २/३ भित्रै वितरण गर्छु वडा नम्बर ८ का वडा अध्यक्ष बिरेन्द्र यादवले बताए । तथ्यांक संकलन गर्न ढिलो भए हामी भाेली बैठक बसी छलफल गरि २/३ दिन भित्रैमा राहत वितरण गर्ने योजना रहेको नगर प्रमुख: सियाराम रायले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर