Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

राष्ट्रपति चयनका लागि भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

प्रतिक्षा खबर
२०८१ आश्विन ५, शनिबार २०:४४

कोलम्बो ।  श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो । मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । यसका लागि करिब ६३ हजार प्रहरी अधिकारीलाई निर्वाचनको लागि तैनाथ गरिएको थियो ।

राष्ट्रपति चुनावमा एक करोड ७० लाखभन्दा बढी व्यक्ति मतदान गर्न योग्य रहेको र दिउँसो २ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेन भने दोस्रो चरणको मतगणना हुन्छ ।

दोस्रो चरणको मत गणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवारमध्ये मतदाताहरूको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ ।

सन् २०१९ को नोभेम्बरमा राष्ट्रपतिको चुनाव जितेका गोटबाया राजपाक्षले सन् २०२२ को जुलाईमा देशमा गम्भीर आर्थिक सङ्कटका बीच भएको आन्दोलनपछि पदबाट राजीनामा दिनुभएको थियो ।

राजपाक्षेको राजीनामापछि संसद्मा भएको निर्वाचनबाट विक्रमासिङ्घे राष्ट्रपति निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर