Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन
☰

महोत्तरीमा जेन–जी युवाहरूको शान्तिपूर्ण भ्रष्टाचार विरोधी अभियान , विभिन्न कार्यालयहरूमा ज्ञापनपत्र , माग पूरा गर्न सात दिनको समय

प्रतिक्षा खबर
२०८२ मंसिर १०, बुधबार २२:३५

गोपाल झा , महोत्तरी मंसिर १० गते

“एक कलम, एक Gen-Z — Peaceful Protest” भन्ने मूल नाराका साथ महोत्तरीका जेन–जी युवाहरूले आइतबार जलेश्वरमा व्यापक शान्तिपूर्ण भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेका छन् । जिल्ला संयोजक रञ्जित साहको नेतृत्वमा आयोजित यो अभियानको मुख्य उद्देश्य जिल्लाभर बढ्दो भ्रष्टाचार, कमजोर सेवा–प्रणाली र जनगुनासोहरूको समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउनु थियो ।    अभियानका क्रममा जेन–जी युवाहरूको टोलीले  जिल्ला प्रशासन कार्यालय महोत्तरी , जिल्ला प्रहरी कार्यालय ,  जलेश्वर नगरपालिका ,  प्रादेशिक अस्पताल जलेश्वरलगायतका कार्यालयहरूमा बिभिन्न मागका साथ ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले शिक्षा, स्वास्थ्य, सडक, फोहोर व्यवस्थापन, नगर योजनाबद्धता, सार्वजनिक सम्पत्ति संरक्षण र स्थानीय निकायको जवाफदेहिताका विषयमा विस्तृत ज्ञापनपत्र कार्यालय प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् ।

  युवाहरूले विद्यालय तथा प्रादेशीक अस्पताल जलेश्वरमा भइरहेको कमजोर सेवा, व्यवस्थापनको कमी, त्यस्तै शिक्षक–कर्मी नियुक्तिमा राजनीतिक हस्तक्षेप, र जनताले पाउनुपर्ने मौलिक सेवामा भइरहेको लापरवाहीबारे चासो लिँदै कार्यालय प्रमुखहरुलाई विस्तृत ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

जलेश्वरस्थित क्याम्पसमा एमबीए कार्यक्रम, प्राविधिक शिक्षा, तथा सीपमूलक अध्ययन–अध्यापन सुरु गर्नुपर्ने मागसमेत गरिएको छ । त्यस्तै, प्रादेशिक अस्पतालमा उपकरण अभाव, स्वच्छता कमी, र सेवा उपलब्धतामा देखिएको अनियमितताबारे तत्काल सुधार गर्न टोलीले चेताबनी दिँदै अस्पतालका मेसु बिकास कुमार साहलाई विस्तृत ज्ञापनपत्र बुझाएका छन् ।

  त्यस्तै जलेश्वर नगरपालिकामा निरन्तर देखिँदै आएको फोहोर व्यवस्थापनको समस्या, मणिपाल जग्गा विवाद, सार्वजनिक पोखरी तथा धार्मिक सम्पत्तिका विषयमा पनि उनीहरूले कडा आवाज उठाएका हुन् भने जलेश्वरनाथ महादेव मन्दिरको अव्यवस्थित सञ्चालन, मन्दिर अधीनस्त पोखरीहरू ट्रस्टमातहत ल्याउनुपर्ने माग, र अनधिकृत रूपमा सञ्चालन भएका व्यवसाय तथा रकम अपचलनबारे छानबिनको माग पनि ज्ञापनपत्रमा समावेश गरीएको छ ।

त्यस्तै अधुरा निर्माण र अनियमिततामाथि प्रश्न गर्दे युवाहरूले जलेश्वरको बसपार्क निर्माण, भार्गवसर पोखरी सुधार,  अन्य स्थानीय पूर्वाधार निर्माण अधुरो रहनुको कारणसहित सो प्रक्रियामा भएको रकम हिनामिनाबारे तत्काल छानबिन गर्न माग गरे ।

नगरपालिकाले पारदर्शितामै कमीकमजोरी देखाएको भन्दै हाटबजार ठेक्का प्रक्रिया, दैनिक ज्यालादारी तथा करार कर्मचारीका गुनासो, र जीर्ण सडक अवस्थाबारे ध्यानाकर्षण गराएको छ । त्यस्तै जलेश्वर कम्प्लेक्समा नगरपालिका सार्न लागेको निर्णयमाथि आपत्ति हालै बनेको जलेश्वर कम्प्लेक्समा नगरपालिका सार्ने निर्णयप्रति युवाहरूले कडा आपत्ति जनाउँदै उनीहरूले सो निर्णय जनतामैत्री नभएको र नगरपालिका त्यहाँ सारिएमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यसैसँग उनीहरूले आफ्ना सबै माग सात दिनभित्र सम्बोधन गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादब मार्फत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 युवाहरूको भनाइ अबको पुस्ता भ्रष्टाचार सहन्न” अभियानका संयोजक रञ्जित साहले भने, “हाम्रो माग सरल छ , पारदर्शी शासन, प्रभावकारी सेवा, र जनताको गुनासोप्रति सरकारको दायित्वबोध । अबको पुस्ता भ्रष्टाचार सहन्न र यसको अन्त्यका लागि आवाज उठाउन तयार छ ।  युवाहरूले आफूहरू अहिलेदेखि नै जनहितका विषयमा निरन्तर दबाबमूलक अभियान चलाइरहने बताएका छन् ।

यता विभिन्न कार्यालयका प्रतिनिधिहरूले युवाहरूबाट प्राप्त ज्ञापनपत्र ग्रहण गर्दै उठाइएका मुद्दा सम्बन्धित निकायमा छलफल गर्ने, र आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

युवाहरूले आफ्नो मागहरू समयमै सम्बोधन नभए पछी उत्पन्न हुने परस्थितिकिो आफूहरू जम्मिेवार नहुने बताउँदै तत्काल सम्बन्धति नकिायहरूसँग समन्वय गरी माग सम्बोधन गराउन उनीहरूले आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर