Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मधेशमा ठूलो दलको नेतृत्वमा सरकार गठनको आशंका, साना दल पुगे प्रदेश प्रमुख कार्यालय

प्रतिक्षा खबर
२०८२ कार्तिक २३, आईतवार १९:१३
L२३ कार्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुखले सबैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

शनिबार दुई वा दुईभन्दा बढी दलको संलग्नतामा बनेको सरकारलेले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको पहल भइरहेको छ। त्यसक्रममा एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको प्रक्रिया अघि बढाउने हुन् कि भन्ने आशंका अन्य दलको छ ।

सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ नभई ३ बमोजिम भनिएको छ । काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सामूहिक रुपमा प्रदेश प्रमुख कार्यालयमा खबरदारीमा पुगेका छन्। त्यसमा जसाप नेपाल, जनमत, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपासहितका दलका नेता तथा सांसदहरु छन् ।

संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन हुनुपर्ने दलहरुको माग छ।

उपधारा ३ बमोजिम गए ठूलो दलको हैसियतमा आह्वान भएमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ। यो हुन नदिन कांग्रेस मधेश केन्द्रित दलहरुको कित्तामा आइपुगेको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर