Advertisement
ताजा खबर
पूर्व श्रममन्त्री रामेश्वर राय यादव पक्राउ विद्यालयको बिदामा पनि पूरा महिनाकै शुल्क, अभिभावकलाई आर्थिक भार सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद उपेन्द्र यादवलाई दोहोरो राजनीतिक सङ्कट, मधेश सरकारको नेतृत्व र मोर्चा जोगाउने चुनौती गाउँसभामा कीर्ते उपस्थिति र नक्कली हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ सोनमा–५ खैरबनीमा अज्ञात युवकको शव फेला राप्रपाका दोस्रो पुस्ताका नेताहरू मधेस यात्रामा, मंसिर २ गते धनुषा र महोत्तरीमा कार्यक्रम धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुषको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ

☰

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८२ फाल्गुन १७, आईतवार २०:०१

१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले  कुराकानी गर्दै एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।

‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी सरकारी जानकारी पाएका छौं । हामी उहाँको परिचयबारे थप बुझ्दैछौं,’ क्षेत्रीले  भने ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।

मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर