Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

प्रतिक्षा खबर
२०८२ आश्विन २९, बुधबार १६:२५

२९ असोज, जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जन स्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् ।

मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन कार्यालय जाँदा उनलाई रोक्न जनमतका नेता कार्यकर्ता पुगेका थिए । त्यस क्रममा झडप समेत भएको छ ।

मधेश प्रदेश संसदीय दलमा १३ जना प्रदेश सांसद छन्  ।

मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए ।

नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह रहेका छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।

तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् ।

नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।

आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई दलको मान्यता दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर