Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

रसुवाको बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन

प्रतिक्षा खबर
२०८३ भाद्र ११, बिहीबार १५:१०
११ भदौ, काठमाडौं । रसुवामा गएको विनासकारी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कबिहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयले रसुवा बाढीमा परी अहिलेसम्म २४ जना सम्पर्कबिहीन भएको जानकारी प्राप्त भएको जनाएको छ ।

प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले २४ जनाका आफन्तहरूले सम्पर्क गरेर सम्पर्कबिहीन रहेको सूचना दिएको जानकारी दिए ।

‘रसुवा बाढीपछि २४ जना आफन्तहरूले फोन गर्नुभएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसमा नेपाल प्रहरी, नेपाली सेना, हाइड्रोमा काम गर्ने कामदारहरू हुनुहुन्छ ।’

प्रवक्ता रावतका अनुसार बैतडी र डडेल्धुराका तीन जनाका आफन्तहरूले पनि जिल्ला प्रहरी कार्यालयमा सम्पर्कबिहीनको सूचना दिएका छन् ।

कञ्चनपुर प्रहरीले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका र सम्पर्कमा नआएका व्यक्तिको खोजी तथा उद्धारको सहजीकरणका लागि भन्दै ६ वटा नम्बर सार्वजनिक गरेको थियो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा कामको सिलसिलामा रहेकाहरूका आफन्तले ती नम्बरहरूमा फोन गरेर प्रहरीलाई जानकारी दिएको प्रवक्ता रावतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर