Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रधानमन्त्री राहत कोषमा सोमबारसम्म झन्डै ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा

प्रतिक्षा खबर
२०८३ भाद्र १५, सोमबार २०:३४
१५ भदौ, काठमाडौं । रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।

प्रधानमन्त्री राहत कोषमा आज दिउँसोसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले लेखेका छन् ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । जुन नेपाल राष्ट्रबैंकको सोमबारको विनिमय दर अनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ ।

दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।

प्रधानमन्त्री शाहले थप कतिपय देश तथा संघसंस्थारूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।

यस्तै, नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको प्रधानमन्त्री शाहले बताएका छन् । जसमा सहयोग आउने क्रम बढेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको उनले बताएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर