Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको एकडारा सहीत गाँउ गाँउमा श्रद्धा पुर्बक कृष्ण जन्मोत्ब मनाईदैँ ’ जिल्लामा अश्लील नाच आर्केष्ट्रा कार्यक्रममा प्रशासन द्वारा निषेध

प्रतिक्षा खबर
२०७९ भाद्र ४, शनिबार १६:१४

गोपाल झा
महोत्तरी, भदौ ४ गते ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्मोत्सब महोत्तरीको एकडारा सहितका गाँउ गाँउमा मनाईदै छ ।
भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले आज शनीबार श्रीकृष्ण जन्मोत्सब पर्व मनाई रहेका छन् ।
हिन्दु धार्मीक शास्त्र पुराण अनुसार भाद्र महिनाको कृष्ण पक्षको राती अष्टमी तिथिमा रोहीणी नक्षत्र परेकोबेला असुर राज कन्सको कारागारमा भगवान बिष्णु देबकीको गर्भबाट श्री कृष्णको रुपमा जन्म लिनु भएको सम्झनामा हिन्दूहरूले आज बिशेष पूजा-आराधना गर्दे श्रद्धा-भक्तिपूर्वक श्री कृष्ण जन्मोत्सब मनाई रहेका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो ।
महोत्तरीका एकडारा , मनरा , गौशाला , जलेश्वर , सोनमा लगायतका गाँउ सहरको बिभिन्न चौकहरुमा माटोले बनाईएको राधा , कृष्ण बासुदेव , गणेश लक्षमी सहीतका प्रतीमाहरु राखेर शुक्रबार राती बिशेष पूजा अर्चना गर्दै आज प्रवचन, भजन-कीर्तन नाच गान गर्नुका साथै दर्शनार्थीहरु भगबान श्री कृष्णको जन्मोत्सब मनाईरहेका छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका धर्म ग्रँथहरुमा उल्लेख छ ।
यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा आर्केष्ट्रा ,उच्च आवाजमा डिजे बजाउन तथा नाचगान गर्न गराउन निषेध गरिएको छ ।
नेपालीहरुको चाड पर्ब कृष्णाष्टमी ,तिज ,वडा दशैँ ,दिपावली ,छठ पर्व नजिक आइसकेको हुनाले त्यस सन्दर्भमा दुर्गा पुजा तथा विभिन्न चाडपर्वको नाममा भिडभाड हुने गरि स्टलहरु बनाउने ,सामाजिक वातावरण धुमिल हुने गरि उच्च आवाजमा डिजे ,बाजा बजाउने , आर्केष्ट्रा प्रदर्शन गर्ने जस्ता गतिविधी प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा जारि गरिएको सूचनामा जिल्लाभर आर्केष्ट्रा निषेध गरिने भनिएको छ ।
यस प्रकारका क्रियाकलापले समाजमा विकृति ,दुर्घटना ,चोरी चपाटी बढेको छ ,सूचनामा भनिएको छ ,“चाडपर्वको समयमा मेला महोत्सवको नाममा हुने अश्लिल नृत्य (आर्केष्ट्रा) कार्यक्रमहरुको आयोजनाबाट समाजमा चोरी ,सवारी दुर्घटना ,कुटपिट ,मादक पदार्थ सेवन ,लागु औषधको सेवन तथा ओसारपोसार लगायतका अपराधिक गतिविधिमा वृद्धि भई सामाजिक विकृति फैलिने भएकोले यस्ता कार्य नगर्नु नगराउनु भनिएको छ।“ यदि कसैले सूचनाको बर्खिलाप गरि त्यस्ता गतिविधिहरु गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
साथै फेरी पनी दैनिकजसो कोभिड -१९ को संक्रमणको डर पनि बढ्दै गएको हुनाले चाडपर्व मनाउदा आफ्ना परिवारका सदस्यहरु मात्र जम्मा भई स्वास्थ्य सुरक्षाको मापदण्ड पूणर् रुपमा पालना गर्दै भौतिक दुरी कायम गरि कोरोनाको जोखिमबाट बच्न पनी जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर