Advertisement
ताजा खबर

सर्लाहीका तीन पालिका प्रमुखले रोजे लोसपा

प्रतिक्षा खबर
२०७८ भाद्र १७, बिहीबार १७:४८

सर्लाही, भदौ १७ गते ।
सर्लाहीका तीन पालिका प्रमुखले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
बिहीबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले लोसपामा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादव र ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साह रहेका छन् ।
भदौ २२ गतेसम्म सर्लाहीका अन्य जनप्रतिनिधिहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्ने लोसपाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर