Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुआत, कुवेत ५८ रनले पराजित

प्रतिक्षा खबर
२०८२ आश्विन २३, बिहीबार ०६:३०

सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

ओमानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै ५६ बलमा ३ छक्का र ३ चौकासहित ६६ रनको योगदान दिए। त्यसैगरी गुल्शन झाले ६ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडे। अन्य ब्याट्सम्यानहरूबाट पनि सानो तर उपयोगी योगदान प्राप्त भयो।

जवाफी रूपमा कुवेतको ब्याटिङ लाइन नेपालका बलरहरू अगाडि टिक्न सकेन। निर्धारित लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गरेका थिए। यो जितसँगै नेपालले छनोट यात्रामा उत्साहजनक सुरुआत गरेको छ। #NepalCricket #nepalcricketfan

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर