Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुआत, कुवेत ५८ रनले पराजित

प्रतिक्षा खबर
२०८२ आश्विन २३, बिहीबार ०६:३०

सन् २०२६ को टी–२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

ओमानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै ५६ बलमा ३ छक्का र ३ चौकासहित ६६ रनको योगदान दिए। त्यसैगरी गुल्शन झाले ६ बलमा ३ छक्का प्रहार गर्दै २० रन जोडे। अन्य ब्याट्सम्यानहरूबाट पनि सानो तर उपयोगी योगदान प्राप्त भयो।

जवाफी रूपमा कुवेतको ब्याटिङ लाइन नेपालका बलरहरू अगाडि टिक्न सकेन। निर्धारित लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमै सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दबाब सिर्जना गरेका थिए। यो जितसँगै नेपालले छनोट यात्रामा उत्साहजनक सुरुआत गरेको छ। #NepalCricket #nepalcricketfan

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर