Advertisement
ताजा खबर
मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

भंगहा नगरपालिकामा सेनिटरी प्याड खरिदमा व्यापक अनियमितता

प्रतिक्षा खबर
२०८२ असार ७, शनिबार ०८:२२

नगरपालिकाले खरिद गरेको सेनिटरी प्याडमा १९ लाख ५० हजार ३९७ रुपैयाँ प्रमाण पेश नगरेर भुक्तानी दिइएको छ । महालेखाका प्रतिवेदन अनुसार नगरपालिकाले छात्राहरुको संख्याको आधारमा आवश्यक पर्ने सेनिटरी प्याड खरिद गर्नुपर्ने थियो तर अनावश्यक खरिद गरी विल भुक्तानी गरिएको छ ।

महालेखाले भनेका छन्–‘सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को परिच्छेद २ बुँदा नं. ३(४) स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्यांक भिडाई अनुसूची १ मा उल्लेख गरिए बमोजिमको गुणस्तरको सेनिटरी प्याड प्रचलित कानून बमोजिम खरिद गरि विद्यालयको छात्राहरुको संख्याको आधारमा आवश्यक पर्ने सेनिटरी प्याड शिक्षा शाखा मार्फत स्थानीय तहमा पठाउनुपर्ने र पालिकाले स्थानीय तहसंग समन्वय गरी विद्यालयको आवश्यकता, बजारमा प्याको उपलव्धता, प्याडको उत्पादन तथा प्रयोग गर्ने मिति स्थानीय तह तथा विद्यालयको भण्डार क्षमता जस्ता पक्षहरुमा ध्यान दिई त्रैमासिक, चौमासिक वा अर्धबार्षिक रुपमा वितरण गर्न सकिने व्यवस्था रहेकोमा पालिकाले विद्यार्थीको संख्या एकिन हुने गरी पालिकाको निर्णयमा विद्यालयहरुको नाममा १९ लाख ५० हजार ३९७ निकासा गरेको छ ।’

महालेखाले अगाडि भनेका छन्–‘यस सम्वन्धमा पालिकाले सेनिटरी प्याडको माग र आवश्यकताको आधारमा प्याड खरिद गरी वितरणको व्यवस्था मिलाउनुपर्नेमा बर्षान्तको अन्त्यमा रकम निकास गरेको देखिएको ले विद्यालयमा प्याड वितरण नभएको र सो वितरण हुने नहुने सम्वन्धमा एकिन हुने अवस्था देखिएन् । विद्यालयले प्याड खरिद गरी वितरण गरे नगरेको सम्वन्धमा पालिकाले अनुगमन समेत गरेको देखिएन् । पालिकाले सेनिटरी प्याड खरिद तथा वितरण कार्यविधिमा भएको व्यवस्था अनुसार प्याड खरिदको व्यवस्था नअपनाई दोस्रो व्यवस्था अनुसार गरेको निकासा नियत सम्मत देखिएन् ।’

भंगहा नगरपालिकाले आर्थिक बर्ष सम्पन्न हुनेवेलामा एक मुष्ट सेनिटरी प्याड खरिद गरेका कारण सो खरिदमा व्यापक अनियमितता भएको महालेखाको ठहर छ । खरिद गर्दा छात्राको संख्या एकिन नगरि बजेट चलाउनकै लागि सो सेनिटरी प्याड खरिद गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर