• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन पनि


४ असोज, काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।

‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।

इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्‍याएको हमासले जिकिर गरेको छ ।

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।

कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सनमा उल्लेख गरिएको छ ।

अल जजिराका अनुसार, रोन अराडले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ ।

अराडको एफ-फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा चाँडै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो। अराडको मृत्यु भएको विश्वास गरिन्छ, तर उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।

हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।

यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको नरसंहारात्मक युद्ध अन्त्य गर्न हमाससँग कुनै सम्झौता नगर्ने बारम्बारको अडानलाई जनाउँछ । साथै, इजरायली सेनाप्रमुख एयाल जामिरले सार्वजनिक रूपमा सरकारको ‘गाजा सिटी विजय’ योजनाबारे आपत्ति जनाए पनि स्थल र हवाई आक्रमण विस्तार गर्ने नेतृत्व गरेको सन्दर्भलाई संकेत गर्छ ।

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै राखिएका विश्वास व्यक्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।

ट्रम्प र नेतान्याहूले उनीहरूले सबै जीवित र मृत बन्दीहरूलाई फर्काउनेछन् र हमासलाई ‘ध्वस्त’ गर्ने बताउँदै आएका छन् ।

हमासले इजरायली आक्रमण अझै तीव्र हुनुका साथै स्थल-आक्रमण बढ्दा बन्दीहरूको जीवन जोखिममा पर्ने चेतावनी दिंदै आएको थियो । हमासका अनुसार, केही पहिले नै इजरायली बमले केही बन्दी मारिएका थिए ।

उक्त सशस्त्र प्यालेस्टिनी समूहले बन्दीहरू गाजाको विभिन्न टोल–छिमेकमा ‘छरिएर राखिएका छन्’ भन्ने दाबी पनि गरेको छ।

शनिबार लाखौं इजरायलीहरू तेल अभिभ र अन्य शहरका सडकमा उत्रेर सरकारको विरोध गरिरहेको र युद्ध अन्त्य गरी सबै बन्दी फर्काउन तुरुन्तै सम्झौता गर्न माग गर्ने तयारी भइरहेको बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।

यसै महिनाको सुरुवातमा, हमासले दुई इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो । त्यसअघि झण्डै एक महिना अघि दुई अत्यन्तै कमजोर देखिएका इजरायली बन्दीहरूको भिडियो प्रसारण गरेको थियो ।

यी तस्वीरहरूले बन्दीका परिवारहरू, इजरायली सरकारी अधिकारीहरू, अमेरिकाका अधिकारीहरू र अन्य इजरायली सहयोगीहरूबीच आक्रोश उत्पन्न गरेको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

४ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

४ आश्विन २०८२, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

४ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

४ आश्विन २०८२, शनिबार
Next Post

मधेश प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh