Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

उपेन्द्र यादव पक्षको जसपाद्वारा संसदीय दलको विधान पारित

प्रतिक्षा खबर
२०७८ श्रावण ५, मंगलवार २०:४४

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ ।
मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए ।
‘सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नभएको उनले बताए । संसदीय दलको विधान पारित भएको छ अध्यक्ष यादवले भने, ‘जसपा एउटै पार्टी हो, दुईवटा होइन ।
त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताए ।
बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो ।
त्यस्तै पार्टीका सांसद रामबाबु यादवले संसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधीकारी चयन गरिने बताए ।
केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको बताए। सांसद यादवले अबको १-२ दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताए ।
‘मान्छे चरित्रको हुनुपर्छ, डबल रोलले चल्दैन, एउटै चरित्र लिएर महन्थ ठाकुर पक्ष आउनुभयो भने, उनीहरुलाई पार्टीमा अझै ठाउँ छ, सांसद यादवले भने, ‘मन्त्रीहरुको कुरा भनेको निर्वाचन आयोगबाट दल फाइनल भएपछि मात्रै हुन्छ।
नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलोचाँडो सरकारमा सहभागी बन्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर