Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

प्रतिक्षा खबर
२०७९ चैत्र १८, शनिबार १३:०१

महोत्तरी, चैत । महोत्तरीको बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्राचार्य रमनकुमार मेहताले शिक्षालयलाई धारासायी बनाएको आरोप लगाइएको छ ।
मधेस प्रदेशको सबैभन्दा ठूलो सिटिइभिटीको आंगिक क्याम्पसको रुपमा रहेको बर्दिबास नगरपालिका–११ खैरमाराको सुन्दरबस्तीस्थित शिक्षालयका प्राचार्य मेहताले क्याम्पसलाई आफूअनुकूल सञ्चालन गरिरहेको आरोप लगाइएको हो ।
मेहता महिनामा २÷४ दिन मात्रै कार्यालय आउने गरेको र बाँकी समय काठमाडौँमै बसेर कर्मचारी, बिद्यार्थीलगायतलाई तनाब दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए ।
उनले भने, ‘मेहताले शिक्षालयका कर्मचारीहरुमाथि तानासाही प्रवृति देखाएर जातिवादको धम्की दिने गरेका छन् । यस क्षेत्रका सांसद लक्ष्मी महतोलाई आफूले नै जिताएको, आफू पूर्वमन्त्री गिरिराजमणी पोखरेलको पनि खास मन्छे हुँ भन्दै कर्मचारी र विद्यार्थीहरुलाई अनावश्यक मानसिक तनाब दिन्छन् । यहाँ सम्मकी बिद्यार्थीले केही कुरा बोल्दा परीक्षा फाराम भर्न नदिने धम्कीसमेत दिन्छन् ।’
प्राचार्य मेहताले शिक्षालयको भवन हस्तान्तरणमा लाखौंको सेटिङ्ग गरी भवनको काम नसक्दै हस्तान्तरण गर्न लगाएको र साधारण रुपमा भवनको बाहिरी वालमा बुटा काटेर पेन्ट गर्नुपर्ने ठाउँमा रातारात गुणस्तरहिन पेन्टिङ्ग गर्न लगाई हस्तान्तरण गरेको कर्मचारीको आरोप छ ।
मेहताले सिटिइभिटीमा जिवनाथ काफ्ले सदस्य सचिव रहुञ्जेल आफूले जे गरेपनि केहि नहुने कुरा कर्मचारी मिटिङ्गमै बताउने गरेको र आफूले नै सदस्य सचिवलाई सबै खर्च बेहोर्ने गरेको कुरा पनि सार्वजनिक रुपमै भन्दै आएको ति कर्मचारीले बताए ।
पूर्वमन्त्री गिरिराजमणी पोखरेलले सो शिक्षालयका लागि पर्याप्त व्यवस्थापन गरेपनि यस प्रदेशमा व्यापक माग भएका कार्यक्रम अनुमति पाएर पनि सञ्चालन नगरी माग नै नभएको र बिद्यार्थी पनि नपुग्ने कार्यक्रम चलाएर मेहताले काठमाडौंबाटै शिक्षालय चलाउन आफूअनुकूल सहज बनाएको उनको आरोप छ ।
उनीसँग शिक्षालयको अवस्थाबारे जहिल्यै सोध्दा आफू काजमा छु भनेर काठमाडौंमा मार्केटिङ्गमा व्यस्त रहने गरेको अर्का कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
उनले भने, ‘शिक्षालय सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीहरु सहज रुपले बर्दिवासमै उपलब्ध रहेपनि मेहताले कमिशनको सेटिङ्गमा काठमाडौंबाट किन्ने गरेका छन् । मेहता जनकपुर पुग्दा समेत प्राईभेट संस्थाहरुलाई फोन गरेर तनाब दिने गर्दछन् ।’
यता, यससम्बन्धमा प्राचार्य मेहताले भने आफू अहिले बिदामा रहेको बताए । उनले प्रदेश निर्देशकसहित एक हप्तादेखि आफू कोरियनको वर्कसपका लागि काठमार्डौमा रहेको जानकारी दिए ।
उनले भने, ‘अहिले प्रदेश र केन्द्रसँग स्विकृति लिएर बिदामा बसेको छु । यसअघि कोरियनको वर्कसपका लागि प्रदेश निर्देशकसहित काठमाडौं आएको थिएँ । अब शुक्रबारदेखि बच्चाको एसईई छ । थोरै दिन अझै बिदामा बस्छु । बाँकी दिनको मेरो हाजिरी रजिष्टर चेक गर्दा हुन्छ ।’
सिटिइभिटी मधेस प्रदेश कार्यालयका प्रमुख अरविन्द कुमार चौधरीले प्राचार्य मेहताको बारेमा यस्ता गुनासाहरु आफूले अहिलेसम्म नसुनेकाले यस सम्बन्धमा छानबिन गरेर मात्र थप कुरा बताउन सक्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर