Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

प्रतिक्षा खबर
२०८२ असार ७, शनिबार २०:००

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा पार्टीबारे चलिरहेको विवादबारे छलफल भएको छ ।

शनिबारबाट सुरु भएको बैठकमा ती लगायत अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे पनि अध्यक्ष उपेन्द्र यादवले चर्चा गरेका थिए ।

जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ ।

‘आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्यूले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ,’ प्रवक्ता मनिष सुमनले बताए ।

उनका अनुसार, बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा पनि भएको छ ।

साथै, प्रदेश अधिवेशनका लागि निर्देशिका निकालिएको र निर्देशिकाअनुसार भाद्र मसान्तसम्ममा अधिवेशन सकिने तयारी गरिएको उनले जानकारी दिए ।

‘बैठकमा कार्यकारीणि पदाधिकारीले आआफ्नो जिम्मेवारीको समीक्षा गर्नुभयो । बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरू र शुभेच्छुक संस्थाहरूको अधिवेशनको समीक्षा भयो,’ उनले भने, ‘सातवटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्मा सबै अधिवेशन सक्नेगरी निर्देशिका निकालिएको हो । त्यसमा पनि छलफल भयो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर