Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता

प्रतिक्षा खबर
२०८२ बैशाख २०, शनिबार १८:४२

नयाँ दिल्ली, वैशाख २० । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् ।

चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ । “हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,” गाउँ प्रमुख सुखदेव कुमारले भन्नुभयो ।

कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउनेभन्दा बढ िलगानी नगर्ने उहाँले उल्लेख गर्नुभयो । भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको छ ।

पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरुलाई आतङ्कवादी घोषणा गरेको छ । यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई इस्लामाबादले अस्वीकार गरिरहेको छ ।

भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ ।

गाँउ प्रमुख कुमारले अधिकांश परिवारहरूले सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाई सरेको र शिविरमा करिब एक तिहाइ मात्र मानिसहरूमा रहेको बताउनुभएको छ । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ ।

“पहलगाममा आक्रमण भए देखि बालबालिका डरैडरमा बाँचिरहेका छन् भने वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर