Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

भारतले नेपालको एक हजार बिघाजग्गा कब्जा गर्दा पनि सरकार बोल्न सकेन : खनाल

प्रतिक्षा खबर
२०८१ पुष ११, बिहीबार १६:४४

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार देशको सीमा रक्षामा असफल भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

उनले भने–’नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो ।  निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।’

यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेखेको उनको आरोप छ ।  उनले भने -‘म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरू समेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस् भन्ने माग गर्दछु । ‘

उनले सीमा स्तम्भहरूलाई अद्यावधिक गर्न, सिमानामा नियमित पेट्रोलिङको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर