Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

भारतले नेपालको एक हजार बिघाजग्गा कब्जा गर्दा पनि सरकार बोल्न सकेन : खनाल

प्रतिक्षा खबर
२०८१ पुष ११, बिहीबार १६:४४

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार देशको सीमा रक्षामा असफल भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

उनले भने–’नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो ।  निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।’

यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेखेको उनको आरोप छ ।  उनले भने -‘म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस्, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी शक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरू समेत पठाइयोस्, स्थितिको तुरुन्त जाँचबुझ गरियोस् भन्ने माग गर्दछु । ‘

उनले सीमा स्तम्भहरूलाई अद्यावधिक गर्न, सिमानामा नियमित पेट्रोलिङको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर