Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक : भारतीय प्रधानमन्त्री मोदी

प्रतिक्षा खबर
२०८२ बैशाख १६, मंगलवार १८:१२

एजेन्सी, वैशाख १६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गर्नुभएको छ ।

“हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ”, मोदीले एक वक्तव्यमा भन्नुभयो, “भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।

क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो ।

भारतले बारम्बार ती आरोपहरूलाई खारेज गरेको छ । यसले कूटनीतिक सम्बन्धहरूलाई तल झा¥यो र दुवै राष्ट्रले गत वर्ष शीर्ष कूटनीतिज्ञहरूको एक शृङ्खलालाई निष्कासन गरे ।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यो अभियानलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।

नयाँदिल्लीले भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध कडा कारबाहीको माग गर्दछ । यसमा प्रमुख नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर