
जनकपुरधाम, चैत ३१ । जनता समाजबादी पार्टी नेपाल जनकनन्दिनी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनबाट अध्यक्षमा अशोककुमार मण्डल निर्वाचित भएका छन्।
जनकनन्दिनी गाउँपालिकामा बिगत दुईदिन देखि चलेको पालिका अधिवेशन अशोककुमार मण्डलको नेतृत्वमा १७ सदस्यीय पालिका समिति चयन गरि सम्पन्न भएको छ । उक्त अधिवेशनबाट पालिका समितिका उपाध्यक्षमा मो. जाहिर शेख, सचिवमा गणेशकुमार गोइत, उपसचिवमा मन्जुर नदाफ, पिंकी देवी तथा कोषाध्यक्षमा सोनी यादव लगायत १७ सदस्यीय पालिका समिति सर्वसहमतिले चयन गरेको छ।



पालिका अधिवेशनका बन्द सत्रका प्रमुख अतिथि जसपा नेपालका जिल्ला सदस्य एवं जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, पुर्व पालिका अध्यक्ष राधेश्याम यादव र धर्मेन्द्र गोइत लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भव्य र सभ्य तरिकाले सम्पन्न गरेको छ।
साथै, जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष यादवले सम्पूर्ण नवनिर्वाचित अध्यक्ष अशोककुमार मण्डलसहित सम्पन्न टिमका साथीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्






































































































