Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

करदाता सेवा कार्यालय जलेश्वर खारेज, करसम्बन्धी सबै सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाट

प्रतिक्षा खबर
२०८२ पुष २२, मंगलवार १०:२५

महोत्तरी  

नेपाल सरकारको निर्णय अनुसार महोत्तरी जिल्लाबाट सञ्चालन हुँदै आएको  करदाता सेवा कार्यालय जलेश्वर खारेज गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरले जारी गरेको औपचारिक सूचना अनुसार पुष २१ गतेदेखि जलेश्वरस्थित करदाता सेवा कार्यालयबाट प्रदान गरीँदै आएका सम्पूर्ण कर सम्बन्धी सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालय जलेश्वरबाट उपलब्ध हुने भएका छन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा जारी सूचनामा करदाताहरूलाई सेवा प्रवाहको स्थान परिवर्तनबारे समयमै जानकारी राख्न अनुरोध गरिएको छ । कर अधिकृत सुन्दर श्याम ठाकुरका अनुसार कार्यालय पुनर्संरचनाको क्रममा सरकारको नीती अनुसार करदाता सेवा कार्यालय जलेश्वर खारेज गरिएको हो ।

अब जलेश्वर तथा आसपासका क्षेत्रमा रहेका करदाताहरूले कर दर्ता, विवरण पेश, कर बुझाउने लगायतका सम्पूर्ण सेवा लिनका लागी कोष तथा लेखा नियन्त्रक कार्यालय जलेश्वरमा सम्पर्क गर्नु पर्नेछ । यस परिवर्तनले सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा सहज बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, कार्यालय स्थान परिवर्तनका कारण सुरुमा केही करदाताहरूलाई असहज हुन सक्ने देखिए पनि सम्बन्धित निकायले आवश्यक सूचना प्रवाह तथा सहजीकरण गर्ने जनाएको छ । करदाताहरूलाई अनावश्यक झन्झट नहोस् भन्नका लागि कार्यालयले समन्वयात्मक रूपमा सेवा प्रदान गर्ने तयारी गरेको कर अधिकृत ठाकुरले बताएका छन् ।           सरकारको यो निर्णयसँगै जलेश्वरमा करदाता सेवा लिन आउने नागरिकहरूले अब नयाँ स्थानमा पुगेर सेवा लिनुपर्ने भएको छ । सम्बन्धित निकायले करदाताहरूलाई समयमै जानकारी लिएर तोकिएको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर