Advertisement
ताजा खबर

शिक्षक आन्दोलन प्रति जसपा अध्यक्ष उपेन्द्र यादवको ऐक्यबद्धता, सरकारलाई वार्ताका लागि आग्रह

प्रतिक्षा खबर
२०८१ चैत्र २५, सोमबार २३:४६

सितल साह , सिरहा, २५ चैत्र २०८१ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष माननीय उपेन्द्र यादवले शिक्षक आन्दोलनलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकारसँग अविलम्ब वार्ताका लागि आग्रह गरेका छन्। उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई स्पष्ट नीति, योजना र ऐन कानूनमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले शिक्षा नै मुलुकको विकास, परिवर्तन र समृद्धिको मूल आधार भएको बताउँदै हालको शिक्षा नीति, ऐन, कानून तथा व्यवस्थापन पूर्णतः त्रुटिपूर्ण र अदूरदर्शी रहेको उल्लेख गरेका छन्। यसले गर्दा शिक्षा क्षेत्र दिशाहीन, गुणस्तरहीन र अन्यौलपूर्ण अवस्थातर्फ उन्मुख भएको बताइएको छ।

“शिक्षा क्षेत्रमा व्याप्त विकृति, विसंगति, अराजकता र अस्तव्यस्ततालाई तत्काल अन्त्य गरिनु आवश्यक छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। उनले हाल काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरूको पीडालाई सम्बोधन गर्दै सरकारसँग तुरुन्त वार्ता थाल्न र उनीहरूको न्यायोचित मागहरूलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

साथै, अध्यक्ष यादवले शिक्षा सम्बन्धि नीति, कार्यक्रम, ऐन र योजनाहरूको समिक्षा गरी व्यापक परिवर्तन गरिनुपर्ने र सबै नागरिकलाई समान गुणस्तरीय शिक्षाको प्रत्याभूति सुनिश्चित गरिनुपर्ने माग गरेका छन्।

वर्तमान अवस्थामा शिक्षकहरूको आन्दोलन गम्भीर मोडमा पुगेको र यसले देशको सम्पूर्ण शिक्षा प्रणालीमा गम्भीर असर पार्न सक्ने भन्दै उनले वार्ता र समाधानको बाटो तत्कालन अपनाउनुपर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर