Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

निष्ठाको राजनीति गर्न गजेन्द्र नारायण सिहबाट प्रेरणा लिनु पर्छ”

प्रतिक्षा खबर
२०८१ चैत्र २४, आईतवार २१:२१

राजविराज, चैत २४ । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका नेता स्व. गजेन्द्र नारायण सिंहको राजनीतिक योगदानको सम्झना गर्दै आइतबार सप्तरीमा विभिन्न कार्यक्रमसहित उनको जन्मजयन्ति मनाइएको छ ।

मधेशवादी नेता सिंहको ९६ औं जन्मजयन्तीका अवसरमा जसपा नेता एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकाको तीन स्थानमा बनाइएको स्व. सिंहको शालिकमा माल्यार्पण गर्दै उनको योगदान बारे चर्चा गरे । सो क्रममा उनले मधेशी जनताको अधिकारका लागी संगठित अभियान चलाएका सिंह निष्ठाको राजनीति गर्ने महान पुरुष भएको भन्दै उनीबाट सबैले प्रेरणा लिनु पर्ने बताए । उनले सिहंले गरेको योगदान सधै अमर रहने बताए ।

उक्त अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, युवा नेता सुमित साह, निर्वतमान वडाअध्यक्ष सत्य नारायण यादव, प्रिन्सिपल सुरेस यादव लगायतले पनि स्व.सिंहको योगदान बारे चर्चा गरेका थिए । आईतवार नै राष्ट्रिय मुक्ती पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीले पनि नेता सिहको जन्मजयन्तीका अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई, उनको शालिकमा माल्यार्पण तथा लडडु समेत बाडेका छन ।

राष्ट्रिय मुक्ती पार्टी सप्तरीका अध्यक्ष दीपेन्द्र चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, संविधानसभा सदस्य महेश यादव, लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, अमरकान्त झा, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादव, उपमेयर साधना झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले सो अवसरमा स्वं सिंहले विशेष गरी मधेश राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहको १९९८ सालमा रामनवमी कै दिन जन्म भएको थियो । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी स्व.सिंहको जन्मजयती मनाउने गरेका छन । सिंहले २०४७ सालमा सद्भावना परिषद हुदै नेपाल सद्भावना पार्टी गठन गरेका थिए । सोही पार्टी मार्फत उनले मधेशी अधिकारका लागी संगठित अभियान चलाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर