• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पत्रकार जलाएर हत्या गर्ने कार्य कुनै हालतमा स्वीकार्य छैन : प्रेस मञ्च नेपाल


पत्रकार जलाएर हत्या गर्ने कार्य कुनै हालतमा स्वीकार्य छैन : प्रेस मञ्च नेपाल
पर्सा, चैत १७ — पत्रकार जलाएर हत्या गर्ने जस्तो क्रूर र अमानवीय कार्य कुनै हालतमा स्वीकार्य नहुने प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादवले बताउनु भएको छ।
बाराको कलैयामा आयोजित प्रेस मञ्च नेपाल बारा जिल्लाको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पत्रकारहरू लोकतन्त्रका बलिया खम्बा भएको उल्लेख गर्नुभयो। उहाँले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथि लक्षित आक्रमणलाई लोकतन्त्र विरोधी गतिविधिको संज्ञा दिँदै यस्ता घटनाहरूको कडा शब्दमा निन्दा गर्नुभयो।
“लोकतन्त्रको संरक्षण र प्रवर्द्धनमा पत्रकारहरूको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न। कुनै पनि बहानामा सञ्चारगृह वा पत्रकारमाथि गरिने आक्रमण लोकतन्त्रमाथिको प्रहार हो,” अध्यक्ष यादवले भन्नुभयो। साथै, उहाँले यस्ता घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न राज्य र सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारहरूको सुरक्षाको सुनिश्चितता अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले पत्रकारहरूलाई डर र त्रासमुक्त वातावरणमा काम गर्न दिनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।
जसपा नेता रामबाबु यादव (वकिल)ले अहिले संगठन कमजोर देखिए पनि भविष्यमा बलियो हुने बताउँदै प्रेस बलियो भएमा संघीयता पनि बलियो हुने धारणा व्यक्त गर्नुभयो।
पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साहले प्रेस मञ्च नेपाल स्थापना कालदेखि नै लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा कलम चलाउँदै आएको स्मरण गराउँदै वर्तमानमा देश भ्रष्टाचारको दलदलमा फसेकोले प्रतिगामी शक्ति सक्रिय भएको बताउनु भयो।
नेता रामकिशोर यादवले मधेश आन्दोलनको बलमा प्राप्त संघीयता र गणतन्त्रको रक्षा गर्न प्रेस सधैं तत्पर रहनुपर्ने बताउँदै अफवाहलाई चिर्दै अगाडि बढ्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो।
प्रयाग यादवले सञ्चार जगत मजबुत भएमा लोकतन्त्र पनि बलियो हुने बताउँदै प्रेस मञ्च नेपाललाई हरदम साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्व मन्त्री उषा यादवले पत्रकारलाई राज्यको चौथो अंगका रूपमा मानिए पनि राज्यबाट पर्याप्त सुरक्षा नपाएको गुनासो गर्दै अबिलम्ब सुरक्षा प्रत्याभूति दिन राज्यले ठोस कदम चाल्नुपर्ने बताउनुभयो।
कार्यक्रम मेघराज पासवान (निखिल)को अध्यक्षता, प्रमुख अतिथि प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोज यादव र विशिष्ट अतिथि प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवको आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व संविधानसभा सदस्य आत्माराम प्रसाद साह, केन्द्रीय सदस्य त्रिलोकीनाथ यादव, अनिल वर्मा, जसपा नेता रामबाबु यादव, प्रयाग यादव, पूर्व मन्त्री उषा यादव, जसपा नेपालका केन्द्रीय सदस्य उमरावती यादव, रामकिशोर यादव, प्रमिला गिरी, बबिता देवी लगायत जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममार्फत प्रेस मञ्च नेपाल बारा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न गर्दै मेघराज पासवान (निखिल)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। जसमा उपाध्यक्ष शेख महताव आलम, महिला उपाध्यक्ष सोना यादव, सचिव मानिकचण साह, सहसचिव रूपेश साह र दीपक पासवान, कोषाध्यक्ष राजेश कुमार यादव तथा सदस्यहरू उपेन्द्र पासवान, निभा गीरी, नेहा गीरी, राज बहादुर यादव, प्रवेश चौधरी, भैरव लाल महतो कोइरी, साबिर आलम, ललन पासवान रहेका छन्।
News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१६ चैत्र २०८१, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१६ चैत्र २०८१, आईतवार
Next Post

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिँहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh