Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

निर्देशक हटाउन प्रयोगशालामै पुगे मन्त्री र सचिव

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार २१:५६

२७ साउन, जनकपुरधाम । निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार धक्कामुक्की भएको छ । यो विवाद सुल्झाउन मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह र सचिव डा. प्रमोद यादव नै प्रयोगशाला पुगे ।

संघका एघारौं तहका कर्मचारी डा. श्रवण मिश्र १८ साउन २०७७ मा प्रयोगशालामा निर्देशक थिए । केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै उनलाई दरबन्दी रहेको कोशी अस्पताल, बिराटनगरमा काज फिर्ता जान भनेको थियो । तर दुईपटक सरुवाको प्रयास टार्दै उनले जनकपुर छाडेनन् ।

पछिल्लो पटक मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले २० साउनमा निर्देशक मिश्रलाई २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देशन दियो । अनि, नवौं तहका मृत्युञ्जयप्रसाद यादवलाई निमित निर्देशकको जिम्मेवारी तोक्यो । उनी ११ फागुन २०८० मा यहाँ कार्यरत थिए ।

मिश्रले प्रयोगशाला छाडेनन् । ‘२४ घण्टाभित्रै बरबुझारथ गरी जानुपर्ने कानुनमा कतै उल्लेख छैन । त्यसको २० दिन भित्र जान सकिन्छ’ उनले तर्क गरे ।

शुक्रबार उनी कार्यालयमा थिएनन्, निमित निर्देशकको जिम्मेवारी पाएका मृत्युञ्जयप्रसाद यादव उपस्थित भएर हाजिर गरे । तर आइतबार मिश्रले विवाद निकाले ।

निमित्त निर्देशक यादव आइतबार कार्यालयमा पुग्नु अगावै डा. मिश्र पुगिसकेका थिए । मूलगेटमा ताल्चा लगाउन लगाए, उनी पक्षका कर्मचारीले यादवलाई निर्देशकको कार्यकक्षमा प्रवेश गर्न दिएनन् । त्यसक्रममा धकेलाधकेल भयो । मिश्र पक्षका कर्मचारीहरुले धक्काधक्कीसँगै आफूलाई दुर्व्यवहार गरेको यादवको आरोप छ ।

विवादले उग्ररुप लिएपछि मुख्यमन्त्री शतिकुमार सिंहले स्वास्थ्यमन्त्री र सचिवलाई जान निर्देशन दिए । किनकी मिश्र तत्कालीन सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको जोडबलमा आएका थिए ।

जनमतका मुख्यमन्त्री सिंह उनलाई यहाँबाट हटाएर आफ्नो शक्ति देखाउन चाहन्थे ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री र सचिव पुगे । झन्डै तीन घण्टा बसेर निमित्त निर्देशक यादवलाई प्रयोगशालाको नेतृत्व बुझाए । ‘मुख्यमन्त्रीजीले निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । तपाईंहरु पुगे विधिसम्मत गर्न निर्देशन भएपछि मन्त्रीजिसँगै म पनि आएको हुँ’, सचिव यादवले भने ।

मिश्रले भने दिनरात काम गरेर उदाहरणीय प्रयोगशाला बनाएको पुरस्कार पाएको प्रतिक्रिया दिएका छन् ।

प्रयोगशालामा दिनहुँ ३ ०० देखि ४०० बिरामीको स्वास्थ्य परीक्षण

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर