Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

सर्वोच्चमा कुलमान , गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिर

प्रतिक्षा खबर
२०८१ चैत्र १३, बुधबार २०:११

काठमाडौं, चैत १३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरी प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा पुनस्र्थापना गर्न माग गरेका छन् । सरकारले बदनियत राखेर आफूमाथि पटक–पटक स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनको जिकिर रहेको छ ।

घिसिङले नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकलगायतलाई विपक्षी बनाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेको थियो ।

उनको स्थानमा सरकारले हितमान शाक्यलाई नियुक्त गरेको छ । शाक्य मंगलवार नै पदभार ग्रहण गरि सकेका छन ।

सरकारले कुलमानलाई हटाउने सम्बन्धमा गरेको निर्णयको व्यापक विरोध भई रहेको छ । कुलमान कै विषयलाई लिएर प्रतिपक्षीदलले बुधवार दुबै सदन अवरुद्ध गरेका छन । प्रतिपक्षीहरुले कुलमान हटाउने निर्णय बारे प्रधानमन्त्रीले जवाव नदिए सम्म सदन चल्न नदिने अडान लिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर