Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेपाल ६ विकेटले विजयी

प्रतिक्षा खबर
२०८१ चैत्र २८, बिहीबार १५:०६

जनकपुरधाम, चैत २८ । नेपाल र कुवेतबीच आज भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । निर्धारित २० ओभरको खेलमा ७ बल बाँकी रहँदै नेपालले पाएको १८६ रनको लक्ष्य पूरा गरेको छ । यो नेपालले टी–२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यो साझेदारी पनि नेपालको टी–२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १–१ विकेट लिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।
राम्रो सुरुवात गर्दै १० ओभरभित्रै ९७ रन जोडेको कुवेतले २०० बनाउने संकेत देखाएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा २०० को आँकडा भने छुन सकेन ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट हात पारे । लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा बुधबार नेपालले कतार तथा कुवेतले हङकङलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर