Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सक्रिय राजनीतिमा फर्किदै रवि लामिछाने

प्रतिक्षा खबर
२०८१ चैत्र ११, सोमबार १४:४०

काठमाडौं, चैत ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीमा पुन सक्रिय हुने तयारीमा जुटेका छन् । सहकारी मुद्दामा पक्राउ परेपश्चात् उनी राजनीतिक रुपमा निष्क्रिय बनेका थिए ।

लामिछानेविरुद्ध सरकारले चार वटा जिल्ला अदालतमा एउटै प्रकृतिको मुद्दा हालेको छ । ती चार वटै अदालतले धरौटीमा छोडेपछि रवि पार्टीमा फर्किने बाटो खुलेको थियो । मुद्दा चल्दाचल्दैको अवस्थामा पनि पार्टी सम्हाल्न उनलाई कानूनी र राजनीतिक रुपमा समस्या छैन । यद्यपि, जिल्ला अदालतहरूको फैसलाविरुद्ध पुनरावेदन गर्ने चटारो र पर्सामा पनि सरकारले मुद्दा हाल्ने प्रतीक्षामा उनले पार्टी नेतृत्व सम्हाल्ने हतारो देखाएका थिएनन् ।

रविविरुद्ध पर्सा प्रहरीले पनि सहकारी ठगीमा अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म मुद्दा चलाइएको छैन । प्रहरीले मुद्दा चलाउने आदेश नआएको बताइरहेको छ । चार वटा अदालतले धरौटीमा छोडेकाले सरकार पर्सामा मुद्दा चलाउन हच्किएको वा ‘जसरी पनि जेल हाल्ने गरी’ अरू कुनै रणनीति बनाइरहेको आशंका रविले गरेका छन् । यो बीचमा राजावादी आन्दोलन चर्किन थालेपछि सरकारको ध्यान यतातिर मोडिएको छ ।

 

रविको हिरासतवास लम्बिएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । अर्यालले कार्यवाहक सभापतिको रूपमा अहिले पार्टीको नेतृत्व गरिरहेका छन् । पार्टीका बैठकहरू उनले डाक्ने गर्छन् ।

रास्वपा सचिवालय बैठकले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिसकेको छ । यद्यपि, बैठकको तिथि तय भइसकेको छैन । केही दिनभित्र बस्ने बैठकले अर्यालको कार्यवाहक भूमिका निष्क्रिय बनाउने र उपसभापतिकै पूर्ववत् भूमिकामा फर्काउने स्रोतले बतायो ।

‘केन्द्रीय समितिले उहाँलाई कार्यवाहक बनाउने निर्णय गरेकाले त्यो निष्क्रिय बनाउने निर्णय पनि केन्द्रीय समितिले नै गर्नुपर्छ, त्यसपछि मात्रै रविजी फर्किने ढोका खुल्छ,’ स्रोतले भन्यो ।

केन्द्रीय समितिले निर्णय लिए लगत्तै सोही बैठकमा रवि सहभागी हुन सक्नेछन् । यसको सन्देश उनले पार्टीमा प्रवाहित गरिसकेको स्रोतको भनाइ छ ।

रविले कास्की, बुटवल र काठमाडौंका जिल्ला अदालतले गरेका धरौटी आदेशहरू विरुद्ध पुनरावेदन गरिसकेका छन् । सरकारी पक्षबाट भने चार वटै अदालतका आदेशविरुद्ध पुनरावेदन भएको छ । अब रविले चितवनको आदेशविरुद्ध पनि पुनरावेदन गर्ने छन् ।

रवि नेतृत्वमा फर्किएपछि राजावादी आन्दोलनप्रति रास्वपाले कस्तो नीति अङ्गीकार गर्छ भन्ने पनि धेरैलाई कौतूहल छ । राजसंस्था समर्थहरूले उनीप्रति आशाको नजरले हेरिरहेका छन् । राजा आउनुपर्छ भन्ने पक्षमा रवि भए पनि पार्टीभित्र त्यो वातावरण नभएकाले उनी खुल्न नसकेको चर्चा पनि छ ।

स्रोतका अनुसार नेतृत्व सम्हालेपश्चात् पनि रवि राजावादी आन्दोलनबारे खुल्ने छैनन् । केही समय उनले गणतन्त्रप्रति औपचारिक प्रतिबद्धता जनाइराख्ने स्रोतको भनाइ छ ।

‘राजाको समर्थनमा जनलहर देखिएको कुराले उहाँलाई अवश्य गम्भीर बनाएको छ । तर, रास्वपा राजसंस्थाको पक्षमा उभिन्छ जस्तो लाग्दैन । अहिलेसम्म कुनै पनि नेताले त्यो लाइनमा बोलेका पनि छैनन् । गणतन्त्रप्रति जनतामा वितृष्णा र राजसंस्थाप्रति आकर्षण बढिरहेको हुँदा तटस्थ बस्नु नै ठिक हुन्छ भन्नेमा पार्टीभित्र अघोषित समझदारी छ,’ स्रोतले भन्यो ।

अस्ति पाटन उच्च अदालतमा पुनरावेदनपश्चात् रविले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए । त्यस क्रममा उनले एउटा अर्थपूर्ण वाक्य बोले– गेट रेडी फर द रिभोलुसन ९क्रान्ति० का लागि तयार रहौँ ।’

उनको यो अभिव्यक्तिलाई विभिन्न ढंगले अर्थ्याउन खोजिएको छ । कतिले रास्वपा आफैँ सडकमा उत्रिन सक्ने अनुमान गरेका छन् त कतिले राजावादीसँग हात मिलाएर व्यवस्था परिवर्तनको पक्षमा उभिने समेत अड्कल काटेका छन् । तर, रविनिकट स्रोतले भने दुवै सम्भावनालाई नकार्‍यो ।

‘उहाँले त्यो शब्द कुनै मानसिकता बनाएर भन्दा पनि भावुकतामा बोल्नुभएको जस्तो लाग्छ । सम्भवतः रास्वपाले भन्दै आएको निलो क्रान्तिलाई ईंगित गर्न खोज्नुभएको पनि हुन सक्छ, जुन मतपत्रमार्फत नै गर्ने भन्ने हो । रास्वपा अहिले व्यवस्थाविरुद्ध सडकमा उत्रिने कुनै सम्भावना मैले देखेको छैन,’ स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर