Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

उपेक्षित वर्गलाई मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७८ चैत्र १३, आईतवार १८:१६

सिरहा, चैत्र १३ । मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखि सासक बर्गबाट उपेक्षित रहदै आएको बर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताउनु भएको छ ।
सिरहाको गोलबजार नपा १३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित बर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीका लागि मधेश सरकार ठोस योजनाका साथ अघि बढेको बताउनु भयो ।
समाजको आधा हिस्सा ओगटेको महिलाहरुलाई शिक्षामा आकर्षित गर्न आफू हरु बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउदै रोजगारीका लागि मधेश मा ५० प्रतिशत आरक्षणको ब्यबस्था समेत गरेको उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यको उपेक्षाको सिकार रहदै आएको दलित, मुस्लिम ,आदिबासी ,जनजाति लगायतको समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको ब्यबस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्न गरि रहेको दावी गर्नु भयो ।
मधेश सरकारले शुरु गरेको अभियान को प्रभाब १०/१५ बर्ष पछि देखिने उल्लेख गर्नु हुँदै उहाँ मधेश आन्दोलनको क्रममा मधेशी जनताले देखेका सपना हरु मधेश सरकारले क्रमश: पूरा हुँदै गएको जिकिर गर्नु भयो ।
वडा अध्यक्ष लक्ष्मी नारायण महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारी , केन्द्रिय सदस्य एवं नेपाल सरकारका पुर्ब मन्त्री सत्रुधन प्रसाद सिंह,प्रदेश सभा सदस्य सुनिता राम, केन्द्रिय सदस्य रोहित महतो, जिल्ला अध्यक्ष अशोक यादव सहितका नेताहरूले सम्बोधन गरेका थिए ।
कार्यकर्ता भेलामा वडाका जेष्ठ नागरिक हरुलाई मुख्यमन्त्री राउतले माला गम्छाले सम्मान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर