Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

नेपाल–भारत बीचको सम्वन्ध जटिल मोडमा

प्रतिक्षा खबर
२०८१ चैत्र ७, बिहीबार ०८:३५

जनकपुरधाम, चैत ७ । नेपाल–भारत बीचको सम्वन्ध जटिल मोडमा पुगेको छ । नेपालमा राजाबादीहरुको सक्रियता बढेपछि परराष्ट्रमन्त्री आरजु देउवा राणा एक सप्ताहको भारत भ्रमण गरेर स्वदेश फर्के पनि उपलव्धि भने केही हुन सकेको छैन् ।

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेश मन्त्री जयशंकर संगको भेटघाट नेपालकालागि फाइदा जनक कुनै भेटघाट वा वार्ता हुन सकेन् । स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवा प्रधानमन्त्री केपी शर्मा ओलीकै दुत बनेर भारत पुगेकी थिइन् । नेपालमा गणतन्त्र संकटमा रहेको र यसमा भारतको पनि हात रहेको आशंकामा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री देउवालाई भारत संग खोजपुछ गर्नकालागि पठाएको स्रोतको दावी छ ।

मंगलबार भारतीय विदेश मन्त्री जयशंकर संगको भेटघाटमा परराष्ट्रमन्त्री देउवाले यस बिषयमा प्रवेश गर्दा भारत चिडिएको छ ।
देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो । तर, भेटका क्रममा निमन्त्रणापत्र नै हस्तान्तरण हुन नसकेको गोप्य स्रोतले जानकारी दियो।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणाले नेपालको राजावादी आन्दोलन इन्डियाले उचालेको हो कि ? भनेर प्रश्न गरेपछी इन्डियाको नेतृत्व झनै रिसाएको र उक्त प्रश्नको जवाफमा ” नेपालको मामलामा इन्डियाको भूमिका नरहने ” उत्तर फर्काएको श्रोतको दावी छ ।

यसरी नेपालमा हुने परिवर्तनमा इन्डियाको नाम जोडेर परराष्ट्रमन्त्रीले गम्भीर कुटनैतिक गल्ती गरेको श्रोतको जानकारी छ ।
नेपालमा राजावादी अभियान चर्किँदै गएको बेलामा परराष्ट्रमन्त्रीको यो चासोलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर