Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

काेराेना अशंकामा बुटबलमा मृत्युु भएका थापाकाे रिपाेर्ट निगेटिभ

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार १६:४९

प्रतीक्षा खबर
रामगाेपालपुर, चैत १७ गते ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका सैनामैना नगरपालिका– ४ का बाबुराम थापाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।
दोहोर्‍याएर परीक्षण गर्दा पनि उनमा कोरोना संक्रमण नपाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताएका छन् ।
डा. थापाका अनुसार आइतवार बिहान उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो । उनको स्वाब आइतवार नै काठमाडौं पठाइएको थियो ।
कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने आशंकामा उनको गाउँसहित बुटवलका बासिन्दाहरू पनि त्रसित बनेका थिए ।
त्यसैगरी, कोरोना आशंका गरिएका अर्का एक बिरामीको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा राखिएका एक बिरामीको सोमवार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले बताइन् ।
धादिङको खनियाबास गाउँपालिका घर भएका ३५ वर्षीय ती व्यक्ति केही दिनअघि मात्र भारतबाट फर्किएका थिए ।
उच्च ज्वरो आएपछि उनी सोमवार नै पाटन अस्पताल आएका थिए । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो ।
उनलाई कोरोना संक्रमण भए/नभएको भने यकिन हुन सकेको छैन ।
कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनको किड्नी समेत फेल भएको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर